– कृष्ण खनाल
बुटवलको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा कार्यरत सुरक्षा गाडले आत्महत्या गरेका छन् । रुपन्देहीको खैरेनी निबासी अन्दाजी ३२ बषिर्य सुरक्षा गाड सोम बहादुर गुरुङले हात्महत्या गरेका हुन् ।
गत माघ महिनामा बिबाह बन्धनमा बाधिएका गुरुङ बिहिबार राती बैंकको डियूटीमा रहेको र बिहान हर्ेदा दोश्रो तलामा तारले पासो लगाएको भेटिएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरे भन्नेबारे प्रहरीले थप अनुसँन्धान थालेकोर् इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गुरुङ २ बर्षेखि उक्त बैंकमा कार्यरत थिए ।
बनभोज कार्यक्रम सम्पन्न
नेकपा एमाले बुटवल ११ ले परिचयात्मक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको फुलबारीमा शुक्रबार आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले चुनावका लागि सक्रियता पर्ूवक लाग्न आग्रह गरे ।कार्यक्रममा अनेरास्वबियूका पर्ूव केन्द्रिय महासचिब आरसि आचार्य,जिल्ला उपाध्यक्ष शिब सुबेदी,क्षेत्रिय इन्चार्ज गोपाल राना, शिबराज अधिकारी,भोज बहादुर बुढाथोकी,मोतिराज ज्ञवाली,भरतराम भट्टराइ लगायतले बोलेका थिए । सो अबसरमा नाचगान तथा रमाइलो पनि गरिएको एमालले बुटवल ११ ले जनाएको छ ।