सिरहा र सप्तरीमा भीषण आगलागी, दर्जन भन्दा बढी घर जलेर नष्ट

सप्तरी र सिरहामा भीषण आगलागी भएको छ । सप्तरीको वकधुवा गाउं विकास समिति वडा नम्बर १ र तेरहौता गाउं विकास समिति वडा नम्बर ४ मा भएको आगलागीमा दर्जन भन्दा बढी घर जलेर नष्ट भएका छन् । 

वकधुवामा १५ दलित परिवारको २५ घर जलेर नष्ट भएका छन् भने तेरहौतामा दुई घर जलेका छन् । दुवै ठाउंको आगलागीबाट ५५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । प्रहरी, राजविराज नगरपालिकाको वारुणयन्त्र र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए । 
गत सोमवार मात्र वकधुवाको वडा नंम्बर ३ मा भएको आगलागीमा ५५ घर जलेर नष्ट भएका थिए । उता, सिरहाको फुलकांहा कट्टी गाउं विकास समिति वडा नम्बर १ सिमरा टोलमा पनि आगलागी भएको छ । बिद्युत सर्ट भई स्थानीय पांडव मण्डलको घरबाट सल्केको आगोबाट १० घर जलेर नष्ट भएको जनाईएको छ । सोही आगो वडा नम्बर २ मा समेत सल्किंदा त्यहां पनि सात घर जलेर नष्ट भएका छन् ।
RSS

अन्य समाचारहरु