मदन बिस्ट यु ए ई दुबई
गुल्मी सेवा समाज यु ए ई ले गत सुक्रबार अप्रिल ५ तारेखका दिन बरदुबई को एभरेस्ट होटेल मा साधारण सभा सम्पन्न गरेको छ ǀ प्रदेसी नेपाली को चाहना देस को चौतर्फी बिकासको कामना भन्ने मूल सलोगन सहित २०६८ असौज १४ मा स्थापित समाज ले झन्डै २ वर्ष को कार्यकाल पछि साधारण सभाको आयोजना गरि आउदै गरेको नवबर्ष २०७० को सुभकामना आदान पर्दान गरेको छ ǀ
समाजका संस्थापक तथा निबर्तमान अध्यक्ष शंकर ज्ञवाली को अध्यक्षतामा एन आर एन आइ सी सी का मधयपुर्ब सह संयोजक एल एन सुबेदी को प्रमुख अतिथि रहनु भयको उक्त कार्यक्रम मा बिसेस अतिथि हरुमा एन आर एन एन सी सी का अध्यक्ष चन्द्र बहादुर रोकाहा, चन्द्र प्रसाद सापकोटा तथा संस्था का प्रमुख सल्लाहकार लछ्मन भण्डारी हुनु हुन्थियो भने अन्य अतिथि मा नेपाली एकता समाज का मेघराज खनाल , बबिता रासकोटी अर्घाखाँची सम्पर्क मंच अध्यक्ष राजु खड्का ,प्रबासी अनलाईन सेखर चापागाई ,जनाप्रदेसी मंच क अध्यक्ष हेमन्त पौडेल ,पथरी युवा समाज का मोहन नेपाल बुनु उप्रेती समाजसेबी अर्जुन गौतम देव बहादुर जी सी ,देबेन्द्र कार्की ,बलु खड्का पत्रकार विजय पाण्डे ,रबिन्द्र फुयाल ,मान बहादुर कुँवर को उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन मदन बिस्टले गरेका थिए
कार्यक्रम सास्किर्तिक तथा लोक भाका मा गित तथा विभिन्न रचना गजल कविता हरु बाट उपस्थित सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि हरु लाइ भरपुर मनोरंजन दिईएको थियो ǀ गुल्मी जिल्ला बाट कामको सिलसिलामा यु ए ई मा आएर काम गरिरहेका दुबई , सारजाह ,आबुधाबी ,अलेन जस्ता टाढा टाढा बाट गुल्मेली हरुको बाक्लो उपस्थिति रहेको थियो ǀनया सालको सुभकामना आदान प्रदान कार्यक्रम मा उपस्थित भएका थिए
उक्त कार्यक्रम सभापति र प्रमुख अतिथि र अतिथि हरु बाट मम बत्ति बालेर राष्ट्रिय गान का साथ उद्घाटन गरिएको थियो भने उपस्थित सबै लाइ मिनप्रसाद भण्डारीले स्वागत गरेका थिए / होम बहादुर कुँवर ,बिष्णु आचार्य ,यमलाल पराजुली, सबिता आचार्य, लोकनाथ कुँवर ,हिमाल बिक ले सांगीतिक कोसेली तथा स्वागत गित पस्कनु भएको थियो ǀ उक्त कार्यक्रम मा मौसमी जी ले निर्त्य तथा अमृता पौडेल ले कविता अनि बुनु उप्रेती ले आधुनिक गित गाउनु भाको थियो ǀ कार्यक्रमलाइ बेबस्थित गर्न गोपाल कुँवर चन्द्रकला अर्याल ,पम्फा अर्याल ,रमेश भण्डारी ,रामु श्रेष्ठ बेबस्थापन तथा अतिथि सत्कार का लागि सहयोग गरेका थिए संस्था को प्रगति विवरण तथा कार्यपत्र राजकुमार पाण्डे ले प्रस्तुत गरेका थिए ǀ
साथमा लक्ष्मन् भण्डारी को अध्यक्षतामा २१ सदस्सीय कार्य समिति सर्बसम्मतले पारित गर्दै प्रथम उपाध्यक्ष तुलसी राम पौडेल ,दितीय उपाध्यक्षमा कृष्ण गौतम ,महासचिब लक्ष्मन् अर्याल ,सचिब राजकुमार पाण्डे ,कोषाध्यक्ष रामलाल निउरे , स कोषाध्यक्ष मा रमेस भण्डारी तथा संस्था को प्रबक्ता मा मदन बिस्ट, महिला बिभाग संयोजक अमृता पौडेल ,सास्किर्तिक बिभाग मा यमलाल पराजुली, खेलकुद विभागमा दान बहादुर जिसी , संस्थागत बिभाग होम बहादुर कुँवर ,प्रकासन तथा प्रचार प्रसार बिभाग मा मान बहादुर कुँवर , अनुसासन मुल्यांकन तथा कारबाही बिभाग मा खिम बहादुर कुँवर गोपाल सदस्य हरु मा राधिका भण्डारी, बुद्दी प्रसाद न्यौपाने ,रञ्जन न्यौपाने ,कपिल ज्ञवाली ,कृस्ना गौतम, बिस्नु भण्डारी, बिस्नु न्यौपाने लाइ सर्ब सहमत ले चयन गरेको छ ३ जना सम्म सल्लाकार राख्न सक्ने निर्णय गरेको समाज ले हाल लाइ अर्जुन प्रसाद गौतम लाइ समाजको सल्लाकार मा मनोयन गरेको छ भने दुबई छेत्रीय , सारझाह , अबुधाबी छेत्रीय समितीका अध्यक्ष हरु लाइ पनि मनोनित सदस्य मा लियको छ ǀ कार्यक्रम मा समाज का नबनिर्बाचित अध्यक्ष ललक्ष्मन् भण्डारी ले एकअर्कालाई सहयोग र समर्थनको भाबना हामी सबै गुल्मेली दाजु भाइ हरुको समस्या र राष्ट्र निर्माणको अभियान मा हाम्रो सकारात्मक सोचको बिकासको लागि यो अभीयान मा सहयोग र समर्थन गरिदिन हुन हार्दिक अनुरोध गर्दै पूर्व कार्यसमिती र कार्यक्रम मा उपस्थित भै सफल पार्न सहयोग गर्ने सबै महानु भाब हरु लाई धन्यवाद ज्ञापन गर्नु भयको थियो ǀकार्यक्रम मा सयौ को संख्या मा सदस्यता का लागि आबेदन परेका छन् भने आजिबन सदस्य हरु लाई दोसल्ला ओढाएर सम्मान गरियको थियो ǀ
नबनिर्बाचित कार्य समीति को प्रथम बैठक विभिन्न एजेन्डा मा अर्को शुक्रबार छलफल गर्ने गरि केहि महत्त्तो पूर्ण बिषय मा छलफल र समिछ्या गर्दै सम्पन्न भयको छ ǀ अन्तमा कार्यक्रम मा नबनिर्बाचित सबै कार्यसमिती लाई बधाई र कार्यकाल सफलताको सुभकामना व्यक्त गर्दै पूर्व अध्यक्ष ले कार्यक्रम अन्त्य गर्नु भयको थियो ǀ