साउदी अरवियाका लागि राजदूत उदय राज पाण्डेलाई एनआरएनए एनसीसी कतारद्धारा सम्मान

– क्रान्ति सिंह
साउदी अरवियाका लागि नेपाली राजदूत महामहिम उदय राज पाण्डेको सम्मानमा एनआरएनए एनसीसी कतारले स्वागत कार्यक्रममको आयोजना गरेको छ । कतारकोलागि तीन दिने निजि भ्रमणमा रहेका राजदूत पाण्डेलाई गत ५ अप्रिल २०१३ शुक्रवारका दिन कतार स्थित नेपाली नियोगको सभा कक्षमा कतार स्थित गैर आवासीय नेपाली संघका आईसीसी पदाधिकारी एवं एनसीसी कार्यसमिति र दूतावास कर्मचारीहरुको समूपस्थितमा विशेष कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । 
गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् कतारका अध्यक्ष अमृत गुरुडको सभापतित्वमा सम्पन भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कतारका लागि नेपाली राजदूत डा. मायाँ कुमारी शर्मा थिईन भने विषेश अतिथिको रुपमा कतारको भ्रमणमा रहेका राजदूत उदय राज पाण्डे थिए । त्यसै गरि अतिथिहरुमा साउदी अरवियाका लागि नेपाली राजदूत पाण्डेको भ्रमणदलमा रहेकी कल्पना रिजाल पाण्डे, एनआरएनए आईसीसी सचिव टि.बि. कार्की, आईसीसी सदस्य अजिजुर रहिमान शेष, आईसीसी सल्लाहकार डा.देवकाजी डंगोल, एनसीसी सल्लाहकार संयोजक मक्सुद आलम,  आईसीसी निवर्तमान उपाध्यक्ष सागर नेपाल, आईसीसी निवर्तमान मध्यपर्ूव संयोजक बद्री पाण्डे, आईसीसी अर्न्तगत विधान संसोधन कार्यदल  सदस्य एवं कतार एनसीसी पर्ूव अध्यक्ष कमल मणी गुरागार्ँइ र आईसीसी अर्न्तगत नेपाली प्रोडक्ट प्रमेशन अवोर्डका सल्लाहकार दिल किरण खजुम रहेका थिए । 
स्वागत कार्यक्रममा उपस्थित संपर्ूण्ामहानुभावहरुको परिचयात्मक कार्यक्रमबाट सुभारम्भ गरिएको कार्यक्रम लाई एनआरएनए एनसीसी कतारका महा सचिव क्रान्ति सिंहले संचालन गरेका थिए । कतारको भ्रमणमा रहेका राजदूत पाण्डेलाई एनसीसी कतारले गरेका सामाजिक गतिविधिहरुको वारेमा महा सचिवले एक प्रतिवेदन मार्फ संछिप्त जानकारी गराएका थिए । प्रमुख अतिथि राजदूत डा. शर्माले कार्यक्रमलाई सम्वोधन गर्दै यस मध्यपर्ूवमा रहेका श्रमिकहरुका समस्या, समाधानका उपायहरु एवं अवसरहरु समान खालका रहने भएको हँुदा साउदी अरवियाका लागी नेापली राजदूत पाण्डेज्यूसंग प्रत्यक्षरुपमा कतारमा साक्षतर गर्न पाउँदा हामी कतारमा रहेका संपर्ूण्ा नेपलाीहरुलाई यो भ्रमण अत्यन्त फलदायी रहेको प्रष्ट पारेकी थिईन । साथै भविश्यमा पनि यस्ताखाले अनुभव आदान प्रदान एवं भ्रमणहरुले समस्या समाधान गर्न अत्यन्तै सहजता दिलाउने जानकारी गराएकी थिईन । 
कार्यक्रमका आकर्शण व्यक्तित्व एवं विशेष अतिथि साउदी अरवियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो कतार भ्रमण अहिले तेस्रो रहेको तर यस प्रकारले आम नेपाली समूदायहरु संग साउदी एवं कतारमा रहेका नेपाली श्रमिकहरुका समस्याहरुका वारेमा पहिलो पटक छलफल एवं कार्यक्रममा संलग्न रहेको जानकारी गराएका थिए । साउदी अरवियामा हाल सम्म आफूले प्रत्यक्षरुपमा सम्लग्न भएर अनुभव गरेका र  समाधान गरेका गतिविधिहरुलाई वढो रोजक पर्ूण्ा तरिकाले खुलासा गरेका थिए । कुनै पनि समस्या सुन्दा मात्र विकराल देखिने हो जव समाधानका लागि गर्नै पर्छ भनेर लाग्ने हो भने त्यो कुनै समस्या नै नरहदो रहेछ यो मेरो आफ्नो अनुभव हो उनको कथन थियो । समस्याहरु आफ्नो तरिकाले समाधानहुदैनन् समाधानको सहि पहिचान गर्न सक्यो भने प्रक्रियाबाटनै सहजै रुपमा हल गर्न सकिन्छ उनले जिकिर गरे । पिडितहरुको आत्म विश्वास एवं मनोवललाई वढाउनको लागि नियोगको संपर्ूण्ा ढोका खुल्ला राख्नु पर्ने उनको सुझाव थियो । सामाजिक एवं मानवीय  कार्यहरुमा दूतावास एवं एनआरएनएबाट  सहकार्य हुन सकेमा अझ प्रभावकारी हुन्छ किन भने राजदूत सरकारद्धारा मनोनित दूत हो भने एनआरएनए पनि अघोषित राजदूत नै हो उनले भने । हाम्रो नेपालमा पर्यटन लागायत लगानीका सम्भावनाहरु प्रचुर मात्रामा रहेका छन् र विदेश मा रहेर पनि हाम्रो नेपालाई समृद्ध बनाउन हामी नेपालीहरु पनि अघि वढनु पर्छ सवैलाई सुझाएका थिए । मन्तव्यको क्रममा आईसीसी सचिव टि.वि. कार्कीले एमआरपी लिदा आम नेपाली एवं गैर आवासीय नेपाली हरुले भोगेका समस्याहरुको वारेमा आफ्नो स्थलगत भ्रमणमा देखेका अनुभवहरु जानकारी गराएका थिए । कार्यक्रममको अन्त्यमा कार्यक्रमको सभापतित्व गरिरहेका एनसीसी अध्यक्ष अमृत गुरुड.ले कार्यक्रम आयोजना गर्न विषेश समन्वय गरिदीनुका साथै कार्यक्रम हल उपलव्ध गराएर सहजता प्रदान गरिदिनुभएकोमा महामहिम राजदूत डा. शर्मा एवं नियोग परिवार लगायत उपस्थित संपूण अतिथि गण एवं महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । एनआरएनए एक मात्र सिंगो साझा संस्था भएकोले यहाँ भएका श्रमिकहरुका समस्या समाधानको लागि दूतावास संग समन्वय गर्ने साथै नेपालमा पनि शिक्षा , स्वास्थ्य, एवं कल्याणकारी तथा मानवीय कार्यहरुमा पनि पहुँच पुरयाउने जानकारी दिर्दै साउदी अरवियाका लागि राजदूत पाण्डेको फलदायी भ्रमण एवं आरामदायी यात्रालको लागि शुभकामना दिर्दै कार्यक्रम समापन भएको जानकारी दिएका थिए ।