जनकपुर । नवलपरासीमा भईरहेको कांग्रेस महासमिति बैठकको उदघाटन कार्यक्रममा सहभागी भएर महोत्तरी फर्किदै गरेका तीन जना कांग्रेस कार्यकर्ताको दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा जीप दुर्घटना हुंदा महोत्तरीका भंगहा बुथ कमिटीका सभापति हिमाल उप्रेती, कोषाध्यक्ष बासुदेव साह र भमरपुरा बुथ कमिटिका सभापति अनुप नारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट आएको जीप बाटोमा रोकिराखेको ट्रकमा ठाक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
RSS