नुवाकोट । नुवाकोटको लच्याङ गाविस वडा नम्बर दुईमा स्थानीय आमा समूहले नै बोक्सीको आरोपमा मसिनी भनिने सानुकान्छी तामाङलाई निर्घात कुटपीट गरेका छन् ।
गत सामेबार आमा समूह र अन्य गाँउलेहरुले सानुकान्छीलाई निर्घात कुटपिट गरेपछि घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर नुवाकोट प्रहरीले छानवीन शुरु गरेको छ । छलफलका लागि भन्दै बोलाएर मंगलादेबी आमा समूह र गाँउलेहरुले कान्छिमायाँलाई कुटपिट गरेका थिए । कान्छीमायाको श्रीमान् विदेशमा रहेको र उनीसंगै रहेका छोरीहरुले कुटपीट गरेको देखेपछि छुट्याउन जांदा गाउंलेहरुले उनीहरुलाई पनि कुटपीट गरेका थिए ।
घटनामा संलग्न रहेका मध्ये कालीबहादुर तामाङले सुकुलाल तामाङलाई कान्छिमायाले कपटी गरेर रक्सी खान दिएर बिरामी बनाएकाले कुटपिट गरेको स्वीकार गरेका छन् । प्रहरीले अरुहरुलाई पनि नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालेको छ ।
RSS