बाबु रोका मगर (न्यु दिल्ली)
१४ अप्रेल २०१३ – २०६९ लाई बिदाइ नयाँ बर्ष २०७० सालको स्वागत गर्दै नेपाली सांस्कृतिक परिवार गूड्गाव हरियाणाले नयाँ बर्ष खुशी को साथ मनाएको छ |
कार्यक्रम मा नेपाली ख्यातीप्राप्त कलाकार अर्जुन कौशल्,मिनु गैरे लगाएत नबिन मगर,झलक सारु,राज आदी कलाकार हरुले नेपाली दर्शक हरुलाई मिठो लोक भाका अनी राष्ट्रिय गित ले खुब तताए साथमा स्थानिय कलाकार साथीहरुको आकर्शक नाच ले उपस्तिथ दर्शक हरुको मन नै लोभाएको थियो | सो कार्यक्रम मा ठुला-ठुला भारतिय र नेपाली नेता,भलाद्मी अनी ब्यापारी हरुको सम्मान कार्यक्रम पनि आयोजक परिवार ले गरेको थियो यसै क्रम मा भारत का पूर्व संसद गोपाल चन्द गेलोद जि ले स्टेज मा नेपाल को चर्चा गर्नु भएको थियो |

भारतीय र नेपाली हरु बिच राम्रो सम्बन्ध कायम हुनु पर्छ भन्दै गूड् गाव हरियाणा मा बस्ने नेपाली हरुको कुनै समस्या छ भने अथवा भयो भने आफु सँग निर्धक्क को साथ सहयोग को अपिल गर्न सक्ने बताउनु भएको थियो |हामीहरुले गर्व गर्नु पर्छ पर्देशमा बसेर पनि नेपाली पन नेपाली सांस्कृति लाइ जोगाएर राख्न को लागि यती ठुलो कदम चाल्नु भएका नेपाली सांस्कृतिक परिवार गूड्गाव हरियाणा लाई तपाईं हामी हरुले सक्दो सहयोग गरेर यो परिवार लाई दरिलो खम्बा बनाउदै नेपाल र नेपालीहरुको पहिचान जोगाएर अघी बढ्न को लागि सबै नेपाली हरुको प्रयाप्त सहयोग को आबश्यक भएको यो सांस्कृतिक परिवार ले स्पस्ट पारेको छ | यो कार्यक्रम को लागि कम्ती मा २ लाख भारु खर्च भएको र सो खर्च आयोजक का सदस्य हरुले आफ्नै ब्यक्तिगत लागानी लागाउनु भएको बताउनु भएको छ |
कार्यक्रम शान्तीपूर्ण भएको थियो आयोजक ले यो कार्यक्रम रमाइलो गर्न को लागि मात्र न भई प्रबास मा बस्ने सम्पूर्ण नेपाली हरुको लागि नेपाली सांस्कृतिक नेपाली परम्परा लाई जोगाइ राख्नु पर्ने चेतना को लागि पनि हो भन्ने कुरा बताउनु भएको थियो |
आयोजक सदस्यहरु
१- पवन घिमिरे
२- हरी डाँगी
३- राजेश कोइराला
४- मोहन सिंह थापा
५- गणेश थापा
६- राजु थापा