सर्लाही, वैशाख २ । पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने रानीगञ्ज गाउँ विकास समितिमा गएराति यात्रु बस लुटिएको छ । नारायणगढवाट काँकडभिट्टा जाँदै गरेको रात्री बस फुलजोर जंगलमा लुटिएको हो । यात्रु बनेर चढेका दुईजनाले पेस्तोल र खुकुरी देखाई बसका अरु यात्रुका सामान र नगद लुटेका हुन् ।
लुटेराले हतियारको आडमा बसलाई नियन्त्रणमा लिई चुरे डाँडातर्फ लगि सबै यात्रुबाट २० लाख भन्दा बढीको धनमाल लुटेको प्रहरीले जनाएको छ ।
लुटेराले ७ लाख नगद, १३ लाखभन्दा बढीका गहना र २५ थान मोवाइल लुटेको सर्लाहीका प्रहरी निरीक्षक यज्ञ भट्टराईले जानकारी दिए ।
लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै प्रहरीको सुरक्षा पोष्ट रहेपनि लुटेराहरुको पत्तो लाग्न सकेको छैन ।
rss