अमेरिका – अप्रिल १४ अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ l

यस अघि अमेरिकाका बोस्टन ,डलासमा ,न्युयोर्क आदिमा पनि सफलता पुर्वक संचालन गर्दै आर्थिक सहयोग संकलन गरि नेपालमा यस गैर मुनाफा संस्था द्वारा संचालित परियोजनालाई सहयोग पुर्याएको थियो l पैदल यात्रीहरुले करिब २ माइल यात्रा गरेका थिए l यसै कार्यक्रमसंग सहकार्य गर्दै आएको ग्लोब नेपाल फेस्ट नामक संस्थाले गत बर्ष डिसीमा आयोजना गरेको जस्तै यो बर्ष पनि नेपालको संस्कृति ,परम्परा झल्काउने ,भोजन उत्सव ,संगीत ,हस्तकला ,चित्रकला बिबिध प्रकारका कार्यक्रमको आयोजना गरि स्वदेशी तथा बिदेशीहरुलाई खुशी बनाउन सफल भएको छ l नेपाली दूताबासले पनि यहि अवसरमा नेपालमा पर्यटक भित्र्याउने र नेपाल पर्यटक बर्ष मनाउने हेतुले त्यहि आउने अतिथि बिदेशीहरुलाई नेपालबारे बिभिन्न सामग्री उपलब्ध गराएको थियो भने उक्त कार्यक्रममा महामहिम राजदूत डा शंकर प्रसाद शर्मा तथा अन्य दूतावासका व्यक्तित्वहरुको सहभागी रहेको थियो l
नेपाल पद यात्रा बिहान २ घण्टा भित्र समापन भएको थियो भने ग्लोब फेस्ट उत्सब बिभिन्न कार्यक्रम गर्दै राती ९ बजे समाप्त भएको थियो lनेपालको गीत तथा संगीतको प्रबर्धन गर्न नेपाल तथा स्थानीय संगीत मण्डली (ब्याण्ड )हरु द्वारा भरपुर मनोरंजन गरिएको थियो l उक्त पद यात्रामा डिसी महानगर क्षेत्रवरी परिका अधिकांश समुदाय सदश्यहरुको उपस्थिति थियो lसमाज सेवी तथा अमेरिका नेपाल महिला संघकि पदाधिकारी भवानी शर्माले नेपालको लागि गरिएको यो अभियानले आफु उत्प्रेरित भएको जानकारी गराएकी थिईन l संचारकर्मी मुक्ति दवाडी तथा समाज सेवी प्रकाश नेपालले पनि हामी नेपाली भएकोले नेपालको लागि गर्नु पर्ने कर्तब्यमा कहिले चुक्ने छैनौ भन्दै पद यात्रामा सहभागी भएका थिए lनेपाल पद यात्रा सुरु गर्नु अगाडी नेपालका परम्परागत बाजाहरु बजाई पद यात्रा सुरु गरिएको थियो ।



