कांग्रेस नेता अर्जुन नरसिंह केसी यूएई आउँदै

– उमाकान्त पाण्डे गाउंले  
४ बैशाख ,आबुधाबी – यूएईमा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी आउने भएका छन । नेपाली काँग्रेसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिति यूएईले आयोजना गरेको प्रशिक्षण तथा कार्यकर्ता भेलामा सहभागी हुन उनी यूएई आउन लागेका हुन । 
समितिले यहाँ रहेका पार्टी निकट कार्यकर्ता तथा प्रजातन्त्र प्रेमी नेपालीका लागि आन्तरिक प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेकोले सोही कार्यक्रमका लागि नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य समेत रहेका केसी आउदो मे ५ तारिक आइतबार यूएई आउने भएका हुन । 
 
केसी दुई दिने भ्रमणका क्रममा यूएई रहने छन । उनी आउँने भए पछि यहाँ रहेका नेपाली काँग्रेस निकट तथा प्रजातन्त्र प्रेमी सर्वसाधारण नेपालीहरु हर्षित छन । 
समितिका शुभेच्छुक तथा यहाँ कार्यरत सम्पूर्ण नेपालीसगं सामुहिक अन्तर्कृया समेत गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रम मे ५ गते आइतबार बर-दुबईमा रहेको एभरेस्ट इन्टरनेशनल होटलमा साझ ५ बजे देखि सुरु हुने समितिका सभापति चित्र केसीले जानकारि दिए ।
नेपाली जनसम्पर्क समिति यूएईले सस्थामा आवद्ध नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको हो ।  
प्रशिक्षण लगायतका सार्वजनिक कार्यक्रम स्थानिय विदाको दिन शुक्रवार गरिने भएपनि यसपटक भने आइतवार गर्न लागिएको भन्दै जनसम्पर्क समिति यूएईका शभापति केसीले सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन । 
नेपालमा दोस्रो पटक यसै बर्ष संविधान सभाको निर्वाचन हुने सम्भावनालाई मध्यनजर गर्दै काँग्रेसले देशभर प्रशिक्षण कार्यक्रम गर्दै छ भने प्रवासमा रहेका नेपालीहरुसग पनि सम्बन्ध बिस्तार गर्दै गरेको बिश्लेशकहरुको भनाइ छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।