दुबइको पार्कमा नेपाली राजदुत महिलासगं अन्तरसंवादमा

– उमाकान्त पाण्डे “गाउंले” 
वैसाख ६ दुबइ –  सम्युत्त अरब एमिरेट्स युएईको दुबइमा नेपाली महिलाका बिषयमा धेरै समस्या छन भन्ने गरेको कुनै नौलो कुरा होइन । घरेलु महिला कामदारको सख्या बढे सगै अनुपातको हिसाबमा समस्या थपिदै गएका हुन । समस्या समाधान तर्फ सम्बन्धित निकाय मौन बसेको त्यस क्षेत्रमा कार्यरत महिलाहरुको आरोप छ । यिनै बिषयलाई सम्बोधन गर्न युएईका लागि नेपाली राजदुत धनन्जय झा गत शुक्रबार महिलाहरुको माझमा करिव एक घण्टा बढी अन्तरसवादमा सहभागी भए । 
श्रमिक महिलाहरूले दुतावास सँग सरल र सहज पहुँच हुन नसकेको, अधिकतमलाई दुतावासले दिने सेवाहरूको बारेमा ज्ञान नभएको,घरायसी काममा भोगिरहेका समस्याहरू, श्रमका लागि यूएइ आउनका निमित्त तोकिएको उमेरको हकबन्धी, लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।त्यस्तै उमेरको हकबन्धी, घर मालिक वा परिवारले गर्ने व्यबहार र सो को उजुरी गर्न नसक्नुका कारणहरू, भिजिट भिसामा आउन खोज्दा नेपालमा अध्यागमनले रोक्ने गरेको र एयरपोर्ट छिर्नकै लागि मात्रै हजारौं रुपैया खर्च गरि नक्कली भिसा बनाएर आउनु परिरहेको पीडा, लगायतका बिषयमा पनि महिलाहरु उत्सुकता पुर्वक आफ्ना समस्या राखेका थिए । 
Your image is loading...
‘म आबुधाबीको एउटा होटलमा ‘अफिस गर्ल’को रुपमा कार्यरत छु मैले आफु कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्न चाहे मैले के प्रकृया अपनाउन सक्छु?’ काभ्रेकी सुसीला थापाले राजदुत सगं सिधै जिज्ञासा राखिन । ‘कम्पनीको करार अबधी’ सके पछी सजिलै काम परिवर्तन गर्न सकिन्छ होइन भने कम्पनीले रुजु गरेर पत्र दिनु पर्छ अन्यथा सकिदैन राजदुत झाले प्रतिउत्तर दिए । 
उपस्थित महिलाहरु राजदुत झा सगं सोझै जिज्ञासा राख्न तछाडमाछाड गर्दै हात उठाउदै गरेको देखिन्थ्यौ । ‘ मैले मेरो आफ्नो बहिनीलाई म कार्यरत घरको मालिकको भाईको घरमा ल्याउने भनेर भिसा निस्कियो , नेपालमा श्रम भएन बहिनी अझै आउन सकिकी छैन, फ्री भिसा हो, प्रकृया पुरा गर्छु भन्दा हजारौ खर्च भयो तर अझै उनलाई ल्याउन सकेकी छैन’ अब मैले के गर्नु पर्ने,’ गुल्मीकी सबित्रा भुसालले जिज्ञासा राखिन । जबाफमा राजदुत झाले भने “उमेरको हकबन्दीले गर्दा त्यसो भएको हुन सक्छ , कानुन र प्रकृया मिचेर हामीले चाहेर पनि समस्या समाधान गर्न सक्दैनौ,”। उनले भने “सरकारी कर्मचारीको नाताले सरकारको नियमको बिरोध हामीले पनि गर्न मिल्दैन , जनगुनासो यस्तो छ भनेर हामीले उपल्लो तहमा सुझाब दिने मात्र हो”। खाडी मुलुकमा बैदेशिक रोजगारका लागि आउने महिला ३० बर्ष अनिवार्य हुनुपर्ने उमेर हकबन्धी नियम आफुलाई पनि  मन नपरेको भन्दै नितिगत निर्णयलाई प्रयोगमा ल्याउनु पर्ने जिम्मेवारिका कारण सहयोग गर्न नसक्ने राजदुत झाको भनाइ थियो । 
अनेकौं बिषयमा प्रश्न गर्दै बिभिन्न कम्पनिहरूमा ठुलो संख्यामा कार्यरत नेपाली महिलाहरूको अवस्था, कम्पनीले श्रम नियम अनुसार अनिवार्य उपलब्ध गराउनु पर्ने सेवा सुबिधाको जानकारी लिन र आफ्ना नागरिकलाई अभिभाकत्व प्रदान गर्नका लागि दुतावासका कर्मचारीहरू त्यस्ता कम्पनीहरूको क्याम्पमा पुगेर नेपाली श्रमिक महिलाहरूको यथार्थ विवरण संकलन गर्नु पर्ने माग महिलाहरूक्प थियो । 
राजदुत झाले भने नेपाल सरकारको निर्देशन अनुसार नेपाली श्रमिकहरूको हितको पक्षमा आफूले सक्दो काम गरिरहेको बताए । दुतावासको शरणमा रहेका महिलाहरूलाई खाने बस्ने लगायत प्रकृया पुरागरेर स्वदेश फिर्ता गर्ने कार्यमा लागि परेको उनले जानकारि दिए । कम्पनीमा काम गर्नु र हाउसमेडको रुपमा काम गर्नुमा धेरै फरक रहेको बताउदै यूएइको श्रम सम्बन्धी कतिपय नियम कानुनले हाउसमेडलाई सम्बोधन गर्न नसक्ने हुनाले यस बारेमा सचेत हुनु पर्ने उनको भनाइ थियो । 
उनले रोजगारी भिसामा एक पटक यूएइ आएर फर्किएका महिलाहरूको लागि कानुनी रुपमा जुनसुकै काममा आउँदा पनि उमेरको हकबन्दी नलाग्ने भन्दै त्यस्तो समस्या भए तुरुन्त्त दुतावासमा संपर्क गर्न राजदुत झाले आग्रह गरेका थिए । महिलाहरुले राखेका अलग अलग जिज्ञासाको जवाफ दिंदै राजदुत झाले उपलब्ध श्रोत साधनको भरपुर प्रयोग गरि नेपाली श्रमिकहरूको सहजताका लागि दुतावास आवस्यक भूमिका निभाउन सधैं अग्रसर रहने बताए ।
दुबइको मध्यभागमा रहेको जबिल पार्कमा गत शुक्रबार आयोजित बनभोज कार्यक्रममा उपस्थित महिलाहरुको जमघट बाक्लो थियो । सोही कार्यक्रमको प्रमुख अतिथिको रुपमा युएईका लागि नेपाली राजदुत धनन्जय झा उपस्थित थिए । सघंसस्थाले आयोजना गरेका कार्यक्रममा सस्था हेरीकन उपस्थिती हुने गरेका झा यस् पटक भने समयमै उपस्थित भएका थिए । कार्यक्रमको आयोजना एमाले निकट प्रवासी महिला संघ यूएईले गरेको थियो ।कार्यक्रममा डेढ दर्जन बढी महिलाको उपस्थिती थियो भने भने अन्य नेपालीको समेत उल्लेख्य उपस्थिती देखिन्थ्यौ । सम्पूर्ण ब्यबस्थापन महिलानै गर्ने जमर्को गरेका कारण केही प्राविधिक कमीकमजोरी भएको हुन सक्ने भन्दै आगामीदिनमा गल्ती बाट सिक्दै जाने ब्यबस्थापकिय सयोजकत्वको जिम्मा सम्हालेकी सीता भुर्तेलले बताइन । उनले महिलाहरू द्वारा खुल्ला रुपमा आयोजित कार्यक्रममा नेपालीहरूको यति ठुलो उपस्थिती यूएइमै पहिलो पटक भएको दावी गरिन । 
मध्यान्हको टण्टलापुरे घामको प्रबाह नगरि पार्कमा रहेका केही छहारीको सहारामा नेपालीहरु बसेका थिए । एकातर्फ महिलाहरु खानाको चाजोपाजो मिलाउदै थिए , भने अर्को तर्फ अन्य केही साप्ताहिक जम्काभेटमा माया पिरती,दु:ख सुखका कुरा साटासाट गर्नमा ब्यस्त देखिन्थे । नयाँबर्ष २०७० को अवसरमा प्रवासी नेपाली महिला संघ यूएइले नयाँ बर्षको शुभकामना आदान प्रदान सहितको कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा यूएइका बिभिन्न राज्यबाट आएका महिलाहरु धेरै समूहहरूमा बाँडिएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै प्रचलित नेपाली लोक भाकामा आफ्नो मिठा स्वरहरू गुन्जाइ रहेका थिए । उपस्थित पुरुषहरुले पनि उत्तिकै मनोरन्जन लिरहेका देखिन्थे ।
कार्यक्रम सम्योजक सीता भुर्तेलको सभापतित्व, युएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यता तथा अन्य संघसस्थाका प्रतिनिधिको उपस्थिती तथा पुस्पा भुसालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।