भारतको दिल्ली बलात्कारको राजधानी

– बाबु रोका मगर (न्यू दिल्ली) 
“दिल्ली दिलवाला हरुको नभई दागदार हरुको” शहरमा परिणत भएको छ । आज भन्दा ४ महिना अगाडि दिल्ली शहरमा बस भित्र सामुहिक बलात्कार भएको घटना सेलाउन नपाउदै फेरी अर्को त्यस्तै घटना दोहोरिएको छ । 
५ बर्षकी बालिका सँग दुष्कर्म गरेको घटनाले दिल्ली को शहरमा फेरी हजारौं मानिसहरुले आक्रोश पोखेका छन । ५ बर्षिय बालिकालाई बलात्कार गर्ने २२ बर्षिय “मनोज” मुजफ्फरपुर आफ्नो सुशुराल बाट पक्राउ परेका छन । बालिकालाई लाई न्याय दिलाउनको लागि भारतका बिभिन्न राज्यहरु र पुलिस कार्यलयहरुमा यहाँका जनताहरुले जोड्दार प्रदशन गरी रहेका छन् ।    
१८ अप्रिल राती २० बर्षिय बिबाहित नेपाली चेली माथि पनि सामुहिक बलात्कार भएको खबर छ । उनी दिल्ली बाट गूड्गाव आफ्नो दाई सँग भेट्नको लागि फर्कदै गर्दा बाटोमा लिफ्ट दिएको र त्यस पछी त्यस ब्यक्तीले फोन गरेर आफ्ना २ जना साथीलाई बोलाएर गूड्गावको गेस्ट हाउसमा नशिलो पदार्थ पिलाएर बेहोश बनाइ दुष्कर्म गरी धौलाकुँवा को नजिकै झाडीमा फालेको र उनीलाई नङन अवस्थामा  दिल्ली पुलिसले भेटाएको थियो । प्रहरीले सफ्तरजङ अस्पताल मा उपचार गराइ रहेको छ ।  
21_04_2013-protest21.jpg
ति युबतीलाई नशिलो पदार्थ धेरै पिलाएकोले कुरा गरेको केही छीनमै निंद आउने र आफ्नो बयान फेरी रहेको दिल्ली पुलिसले बाताएको छ । जस्ले गर्दा अपराधी को हो भन्ने पत्ता लागाउन न सकेको तर पीडित युबती सँग सोधपुछ गरेर स्केच तयार गर्ने कोशीश गरी रहेको छ । युबतिले प्रहरीको सहयोग नगरि उल्टै चिनेको आरोपीलाई पनि लुकाउन खोजेको भन्ने आरोप लगाएको छ । दिल्हीमा दैनिक यस्ता घट्नु बढीरहेका छन ।