एनआरएनको निबेदन/नेपाल सरकारको जबाफ-ओमान नेपाली एकता समाजद्वारा स्वागत

– पशुपति जी.सी.(मस्कट) 
खाडी मुलुक तथा मलेशियामा श्रम गरिरहेका नेपाली श्रमिक र बिदेशमा पढ्न गएका बिधार्थीहरुलाई गैरआबासीय नेपाली भन्न नसकिने भन्दै नेपाल सरकारले गैरआबासीय नेपाली संघले संस्था दर्ता गर्न दिएको निबेदन लाई खारेज गर्दै दिएको लिखित उत्तरलाई ओमान नेपाली एकता समाजले प्रेस बक्तब्य जारी गरि स्वागत गरेको छ।
समाजका अध्यक्ष्य शोभाकान्त लामिछानेद्वारा जारी बक्तव्यमा भनिएको छ कि “हामीले विगत लामो समयदेखी भन्दै आएका छौँ की नेपाली राहदानीमा भीसा लगाएर श्रम बेच्न प्रवासीएका हामी नेपाली नागरीकलाई एनआरएनको बिल्ला भिराउनु कूनै पनि तरिकाले न्याय संगत हुँदैन। तसर्थ हामीले भन्दै आएको नेपाली मूलका विदेशी नागरीकलाइ मात्र गैरआवाशीय नेपाली मान्ने व्यवस्था नेपाल कानूनमा गरियोस भन्ने नेपाल सरकारसँग जोडदार माग दर्दछौँ।” बक्तव्यमा भनिएको छ।
विश्वका ६५ मुलुकहरुमा स्थापना भईसकेको एनआरएन को बिधान अनुसार छ महिना भन्दा बढी प्रबाशमा बसेका नेपालीहरु एनआरएन हुन् भन्ने व्यवस्था छ भने नेपाल सरकारको परिभाषा अनुसार दुई बर्ष भन्दा बढी प्रबाशमा रहेका नेपालीहरु मात्र एनआरएन हुन्सक्ने भनिएको छ। त्यस्तै विश्वका विभिन्न देशहरुमा एनआरएनका कतिपय शाखाहरु दर्ता भएको भएपनि नेपालमा यसको दर्ता हुन् सकेको छैन।
गैरआवासीय नेपाली संघले खाडी तथा मलेसियामा श्रम गर्न गएका र विदेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई पनि गैरआवासीय नेपालीको दर्जामा राखेर संस्था दर्ताको लागि नेपाल सरकारसमक्ष निवेदन दिएको थियो।