नेपाली समाज युएई निर्वाचन समितिको अन्तिम आवह्वान

– उमाकान्त पाण्डे गाउंले 
२६-अप्रिल-दुबइ,   नयाँ कार्य समिति चयनका लागि बनेको नेपाली समाज युएईको निर्वाचन समितिले उम्मेद्ववारी तथा मतदाता नामावली प्रकाशन भोली शनिबार सम्म गर्ने जनाएको छ । 
निर्वाचनको मिति नजिकैदै गर्दा आफ्ना हरेक कार्यलाई पारदर्शी बनाउदै लैजाने उद्देश्यले इच्छुक ब्याक्तीका लागि थप एक दिनको अन्तिम मौका दिइएको निर्वाचन समितिले जानकारी दिएको छ । 
निर्वाचन समिति , नेपाली समाज तदर्थ समिति तथा सरोकार वाला हरुको आज शुक्रबार बसेको बैठकले निर्वाचन मे ३ मा गर्ने यस् अघिको  निर्णयमा कुनै परिवर्तन नगरि भोली शनिबार साझ ९ बजे सम्ममा उम्मेद्ववारी दर्ता गर्ने र ९ बजे पछि उम्मेद्ववारी,समाज सगं सुचिकृत संघसस्थाको विवरण तथा मतदाता नामावली सार्वजनिक गर्ने भएको हो । 
अहिले सम्म दर्ता भएका तथा दर्ता हुन इच्छा राखेका सबैलाई मध्यनजर गर्दै थप एक दिन समय थपिएको निर्वाचन समितिका सम्योजक   गोपाल कंडेलले जानकारी दिए ।  
  
उनका अनुसार समाजका आजीवन सदस्य, सस्थापक सदस्य, युएईमा रहेका संघसस्था हरुलाई समाजमा सुचिकृत भई उम्मेद्ववारी दिनुहुन अनुरोध गरिएको छ । साथै युएईमा कार्यरत आम सर्वसाधारण नेपालीलाई सदस्यता लीएर नेपाली समाज सगं आबद्दता गराउन समेत अनुरोध गरिएको छ ।   
समाजले १ अध्यक्ष , ३ उपाध्यक्ष , १ महासचिव र १ कोषाध्यक्षका लागि उम्मेद्ववारी आवह्वान गरेको हो । जसका लागि उम्मेद्ववारी शुल्क स्वरुप क्रमश: १ हजार , ५ सय , ३ सय र २ सय युएई धिराम्श तोकेको छ । यसै प्रकृयालाई आत्मसाथ गर्दै निर्वाचन समितिलाई सहयोग गरि नेपाली समाज युएईको अस्तित्वलाई थप उचाईमा पुर्याउन युएईमा रहेका सम्पूर्णमा निर्वाचन समितिका सदस्य राजु खड्काले बिशेष अनुरोध गरेका छन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।