सिसिटिभी अध्यक्ष लुम्बिनीमा

– युबराज कंडेल
भैरहवा,बैशाख १४-चाइना सेन्ट्रल टेलिभिजन ( सिसिटिभी) का अध्यक्ष हु जान फान आज लुम्बिनी आइपुग्नु भएको छ। लुम्बिनीस्थित झिन्झुवा मन्दिर( चिनिया बुद्धिस्ट टेम्पल) को निमन्त्रणामा उहा लुम्बिनी आउनुभएको हो। 
भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा फानको नेतृत्वमा आएको १२ सदस्यीय भ्रमण टोलीलाई नेपाल चिन मैत्री समाज लुम्बिनीले भब्य स्वागत गरेको छ। 
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष फानले लुम्बिनी विस्वका सबै बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकोले अन्तर्राष्ट्रिय जगतमा यसको प्रचारप्रसार गर्नुपर्ने बताउदै सिसिटिभीले लुम्बिनीलाई उचित स्थान दिने बताउनु भयो। 
चिनिया टेलिभिजन सम्बद्ध व्यक्तिहरुको लुम्बिनी भ्रमणले लुम्बिनी क्षेत्रको प्रचारप्रसारमा मद्धत पुकने विस्वास गरिएको छ। 

अन्य समाचारहरु