बाबु रोका मगर (न्यू दिल्ली)
“दिल्ली दिलवाला हरुको न भई दागदार हरुको” आज भन्दा ४ महिना अगाडि दिल्ली को शहरमा बस भित्र गैङ रेप को घटना सेलाएको छैन फेरी अर्को घिन लाग्दो घटना ५ बर्षकी बच्ची सँग दुष्कर्म गरेको घटना ले दिल्ली को शहरमा फेरी हजारौं मानिसहरुले आक्रोश पोखेका छन |
५ बर्ष कि बच्ची को आरोपी २२ बर्षिय “मनोज” मुजफ्फरपुर आफ्नो सुशुराल बाट पक्राउ परेको छ | बच्ची लाई न्याय दिलाउन को लागि भारत को बिभिन्न राज्यहरु र पुलिस कार्यलयहरु मा यहाँ का जनताहरुले जोड्दार प्रदशन गरी रहेका छन् |
यती मात्र होइन यहाँ १८ अप्रेल राती २० बर्षिय बिबाहित नेपाली चेली माथि पनि गैङ रेप भएको खबर छ | उनी दिल्ली बाट गूड्गाव आफ्नो दाई सँग भेट्न को लागि फर्कदै गर्दा बाटोमा कुनै ब्यक्ती ले लिफ्ट दिएको र त्यस पछी त्यस ब्यक्ती ले फोन गरेर आफ्न २ जना साथी लाई बोलाएर गूड्गाव को गेस्ट हाउस मा नशिलो पदार्थ पिलाएर बेहोश बनाइ दुष्कर्म गरी धौलाकुँवा को नजिकै झाडी मा फालेको र उनीलाई नङन अवस्थाम दिल्ली पुलिस ले भेटाएर नजिकै को सफ्तरजङ अस्पताल मा उपचार गराइ रहेको खबर छ ति युबती लाई नशिलो पदार्थ धेरै पिलाएको ले कुरा गरेको केही छीन मै निंद आउने र आफ्नो बयान फेरी रहेको दिल्ली पुलिस ले बाताएको छ | जस्ले गर्दा अपराधी को हो भन्ने पत्ता लागाउन न सकेको तर पीडित युबती सँग सोधपुछ गरेर स्केच तयार गर्ने कोशीश गरी रहेको छ |
दिल्ली पुलिस को आरोप छ कि ति युबतिले पुलिस को सहयोग नगरि उल्टै चिनेको आरोपी लाई पनि लुकाउन खोजेको भनेको छ | आज भोली दिल्ली मा यस्तो घटना दिनहु घत्ने भई रहेको जस्ले गर्दा यहाँ भएका महिला दिदी बहिनी हरुलाई एक्लो दोक्लो हिंड्न खतरा भई रहेको छ |