नवलपरासी । नवलपरासीको कावसोती शिव मन्दिर २ की पार्वती पौडेलको हत्याको विषयलाई लिएर तनाव सिर्जना भएको छ । श्रीमान विश्वास पौडेलले पार्वतीको हत्या गरेको र हत्याबारे निश्पक्ष छानविन हुनुपर्ने माग राखेर स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि तनाव भएको हो ।
स्थानियबासीले हत्याको छानबिनको माग गर्दै पार्वतीको शव उठाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रहरीले चार राउण्ड हवाइ फायर र १५ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।
पार्वतीका श्रीमान विश्वासलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि परिवारका अन्य सदस्यहरु पनि हत्यामा संलग्न रहेको स्थानीयबासीको आरोप छ ।
RSS