ओमानका अलक अलक सडक दुर्घटनामा दुई नेपाली युवा-युवतीको मृत्यू

– शालीकराम आचार्य ओमान, मस्कट
 
मस्कट – बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमानको बाउसर प्रान्तमा घरेलु कामदार हेतु ओमान पुगेकी प्रमिला माझीको गत शुक्रवार २० बैशाख २०७० का दिन अल हेल एरियामा शडक दुर्घटनामा परी असामाहिक मृत्यू  भयको छ ।


सुनसरी, धरानकी ३५ बर्षीय प्रमिला माझीको दुर्घटना स्थानमा नै ज्यान गईसकेको प्रतक्षर्दशी को भनाई रहेको थियो उनको  दिवंन्गत शव परिक्षण तथा कानुनी प्रक्रिया पुरा भएपछी चाँडो भन्दा चाँडो नेपाल फर्काउने प्रक्रिया पुरा गर्ने जानकारी साउदी दुतावासका लागी ओमान प्रतिनिधी दीपक श्रेष्टले दिएका छन । प्रमिला माझी  ५ माघ २०६९ का दिन  बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमानमा घरेलु काम कालागी पुगेकी हुन  उनको शव नेपाल पठाउने संपूण प्रक्रियामा स्पोन्सर पनि सक्रिय रहेको छ । माझी परीवारमा भएको दुखः को घडीमा ओमानका प्रवाशी नेपालीहरु ले शोक संम्पव्द परीवारमा सम्वेदना तथा मृतक लाई श्रधाअञ्जली व्यक्त गरेका छन ।

एसै गरी आमोनको राजधानी मस्कट देखी २०० सय की.मी. टाडा रहेको  सोहार प्रान्तमा शुर्दसन कंडेल राहदानी सँख्या ३५७४१४४३ को गत बैशाख १४ गते २०७० का दिन दिनको २ः१५ बजे शडक दुर्घटनामा परी असामाहिक मृत्यू  भयको छ । साउदि अरव स्थीत अनाविब कम्पनीमा काम गर्दै आएका शुर्दसन ओमानको भबन ईन्जिनियरिङ्ग कम्पनीमा बिशेषः कार्यका लागी सोहार आएका थिय स्मरण रहोस अनाविब कम्पनी तथा ओमानको भबन ईन्जिनियरिङ्ग कम्पनी सहकार्यमा छन शुर्दसन कंडेल को दिवंन्गत शव स्वदेश फर्काउन कालागी कम्पनीले साउदी दुतावास लाई निवेदन दिएकोछ ।  शडक दुर्घटनामा कसरी परेका हुन दुबै घटनाको बिवरण आउन बाँकी छ ।