नवलपरासी बर्दघाटको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाटको चिसापानीमा गएराति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

 बर्दघाटवाट पञ्चनगरको भुताहातर्फ जादै गरेको मोटरसाईकल चिसापानीमा दुर्घटना हुँदा मोटरसाईकल चाकल नवलपरासी माकर-४ का बलीराम चौधरी र कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बलिरामको घटनास्थलमै र कृष्णको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

RSS

अन्य समाचारहरु