अर्घाखाँची प्रवासी समाज बहराईनको बिशेष भेला १७ मई को हुने

– राजु खडका 
छोटो समयमा नै बहराईनमा रहेका अर्घाखाँची जिल्ला बाशीहरुलाई एकिक्रित गर्दै त्यहाँ स्थित बिभिन्न नेपाली संघ संस्थाहरु बिच सहकार्य गर्दै सबै नेपाली हरु लाई भईपरी आएको खण्ड मा सहयोग गर्दै आएको पवित्र संस्था अर्घाखाची प्रवासी समाज बहराईन अहिले सकारात्मक हिसाबले सबै को मन मुटुमा बस्न सफल भएको छ्।
यो संस्थालाई अझै गडीलो हिसाब ले अघाडी बढाउन एही १७ मई को बिशेष भेला हुन गैइरहेको हुँदा सम्पूर्ण जिल्ला बाशीहरुलाई उपस्थिती को लागि सह सचिब राज कुमार सन्तोषीले हार्दिक अनुरोध गर्नु भएको छ्।
दिउसो ३ बजे देखी चिल्ड्रेन पार्क मनामा मा हुन उक्त कार्यकर्म मा हामी सबै एक भएर एक अर्का को लागि सहयोग गर्दै यो बिदेशी भुमिमा आफ्नो जन्म ठाउँ को अस्तित्वलाई सधैं बचाई राख्नु का साथै बिदेशमा बसे पनि जिल्लाका बिकास कार्यहरुमा हातेमालो भर्नु पर्छ भन्ने भावना भएका सबैलाई एसै खबर मार्फत आफुलाई अर्घाखाची प्रवासी समाज बहराईन सँग आवद्द गराई आफुलाई समाज सेवी को रुपमा विश्व माझ चिनाउने मौका नगुमाउनु हुन सबै सरोकार वाला मा बिशेष अनुरोध गर्दै बिशेष भेला मा आफ्नो उपस्थिती गराइ संस्था को शोभा बधाईइदिनु हुन आव्हान गरिएको छ्।
अर्घाखाची प्रवासी समाज बहराईन लाई तिब्र रुपमा सकृया बनाउन अध्क्ष्य कर्ण थापा, उपाध्क्ष्य युबराज खत्री, सचिब केशब थापा, सह सचिब राज कुमार सन्तोषी, बरीस्ठ सल्लाहाकार सुर्य थापा लगायतका सम्पूर्ण जिल्ला बाशी हरु को निकै ठुलो भूमिका छ।