साउदीमा वैध बनी काम गर्न पाइने, ७० हजार नेपालीलाई फाइदा

 नेपालको तेस्रो श्रम गन्तव्य मुलुक साउदी अरबले आममाफी कार्यक्रम अन्र्तगत अवैध विदेशी कामदारलाई वैधानिक बन्ने अवसर दिएको छ । अप्ठ्यारोमा परेका कामदार घर र्फकन चाहे बिनाकारबाही र्फकन पाउने व्यवस्था समेत गरेको छ । यो व्यवस्थाबाट करिब ७० हजार नेपाली लाभान्वित हुने अनुमान साउदी सरकारको छ ।

आइतबार साउदीको श्रम मन्त्रालयले नेपाली दूतावासका अधिकारीलाई बोलाएर यसबारे जानकारी गराईसकेको छ ।