कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।
बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन्
बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् ।