संखुवासभा । संखुवासभाको जलजलामा एकै परिवारका तीन जनाको निर्मम ढंगले हत्या गर्ने जलजला २ का २९ वर्षीय सलबहादुर गुरुङलाई जिल्ला अदालत चैनपुरले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले गुरुङलाई सर्वस्वहसहित जन्मकैदको फैसला सुनाएको हो ।
गुरुङले घरमा चोरी गरेको समेत गरेको भन्दै जिल्ला अदालतले ५ लाख २५ हजार ५ सय रुपैयाँ जरिवाना भराउन समेत आदेश दिएको छ ।
गुरुङले गत फाल्गुन चार गते घरमा सुतिरहेको अवस्थामा छिमेकी ६२ वर्षीया लक्बुटी शेर्पा, उनका १५ वर्षका नाती दावा शेर्पा र ९ वर्षकी नातिनी अप्सरा शेर्पाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका थिए ।
RSS