एकल जातीय राज्य काग्रेसका लागि आमन्य/सबै वर्गको उत्थान र अग्रधिकारका लागि मिलेर लड्छौ:केसी

– उमाकान्त पाण्डे गाउंले 
 
एकल जातीय पहिचान नेपाली कांग्रेसका लागि अमान्य रहेको एक कार्यक्रममा बोल्दै कांग्रेशका प्रभावशाली नेता अर्जुन नरसिहं केसीले बताएका छन । केसिले नेपालको समसामायिक राजनैतीक अवस्थाको बारेमा चर्चा गर्नुको साथै कुनै पनि हालतमा नेपाली कांग्रेसले एकल जातीय राज्यलाई मान्न नसक्ने भन्दै जातीय राज्यले मुलुकमा द्वन्द बढाउनुको साथै देशको अवस्था झन जटिल हुने भएकोले नेपाली कांग्रेस हरेक बर्गको उत्थान र अग्रधिकारको लागि अरु सामाजिक आर्थिक,राजनैतीक सास्कृतिक जस्ता हरेक कुरामा खुला रुपले बहस गर्न तयार रहेको धारणा राखेका थिए ।
नेपाली जनसम्पर्क समिति युएईले गत शुक्रवार दुबइको एभरेष्ट होटेलमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले सो धारणा राखेका थिए । नेपाली जनसंपर्क समिति युएईको सो अन्तरक्रियामा सहभागि हुन नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी यहाँ आएका हुन । 
युएईमा रहेका प्रबासी नेपालीहरुको समस्यालाई जोड्दार रुपले सरकार समक्ष राख्ने र अमर बहादुर बमको रक्षाका लागि आवाज उठाउने उनको भनाइ थियो  । खाडी मुलुकमा देखिएको ब्यक्तिगत भिसा सम्बन्धी समस्याको बिषयमा गम्भिर रुपमा नेपाल सरकार सँग कुरा राख्ने आश्वासन उनले दिएका थिए । 
कार्यक्रममा बोल्दै काग्रेसको अन्तराष्ट्रिय भात्री सस्था अन्तरगत नेपाली जनसंपर्क समितिका सभापति चित्र केसिले नेपालको प्रमुख समस्या एमाओबादिमा भएको र उसको निर्तित्व गरेको अध्यक्ष पुष्पकमल दाहालको बोलिमा कुनै ठेगान नभएको र आफ्नो स्वार्थ अनुसार काम गर्ने गरेको हुँदा प्रमुख समस्या सिर्जना भएको भन्दै नेपाली कांग्रेसलाई चुनावमा पहिलो पार्टी नबनाए सम्म मुलुकमा प्रजातन्त्र सुरक्षित नरहने र सविधान पनि नबन्ने ठोकुवा गरे । 
कार्यक्रमलाई नेपाली जनसम्पर्क समितिका सकृय कार्यकर्ता सिताराम पोखरेल र बुद्दी भट्टराईले बिशेष सहयोग गरेका थिए । सकृय कार्यकर्ता सिताराम पोखरेल रुखमा मत दिन आग्रह गर्दै सागितिक कोशेली पस्केका थिए ।
दुबइको एभरेष्ट होटलमा सम्पन्न कार्यक्रमको नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र केसिको सभापतित्व र नेपाली कांग्रेसका प्रभाशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिह केसिको प्रमुख आथित्यता तथा एनआरएन मध्यपुर्ब सम्योजक नरेन्द्र भाटको बिशेष अतिथ्यता तथा समितिका मिन बहादुर रानाभाटको सन्चालन तथा उपाध्यक्ष भुवानी प्रशाद तिमील्सिनाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । 
 
दुई चरणमा बिभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा युएईमा रहेका नेपाली जनसंपर्क समितिका सम्पूर्ण सदस्यहरुलाई प्रमुख अतिथी बाट आफ्नो आन्तरिक गतिबिधी र नेपालको बर्तमान स्तिथिमा पार्टी र संपर्क समितिले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षण दिईएको थियो । सभापति केसिले समितिले युएईमा हाल सम्म गरेका गतिबिधीको बारेमा जानकारी गराएका थिए । 
248300_10151655298537288_2072575749_n.jpg401810_10151655297607288_974827297_n.jpg
178909_10151444810648099_379456991_n.jpg248072_574934249195565_342859192_n.jpg400694_10200696912839778_990679291_n.jpg
कार्यक्रममा युएईमा रहेका संघ सस्थाहरुको उल्लेखनिय सहभागीता रहेको थियो । कार्यक्रममा जनप्रगतीशिल मन्चका हेमन्त पौडेल, प्रवासी सघका श्याम पाठक, जनप्रगतीशिल मोर्चाका रमेश गिरी, एनआरएनका एलएन सुबेदी, लुम्बिनी वेल्फेयरका डिएल शर्मा, अर्घाखाँची संपर्क समितिका राजु खडका, एनआरएनका बिमल तमाङ, नेपाली समाजका ज्ञानेन्द्र कार्की, जनजाती अगुवा गिरमान थापा मगर,दिपक मोक्तान, स्याङ्जा समाजका भुपती न्यौपाने, बाग्लुङ सेवा समाजका गोपाल कडेल, धादिङ वेल्फेयरका भिम अधिकारी, एनआरएनका सन्तोष प्रसाइ, पत्रकार महसंघका अर्जुन दाहाल, गुल्मीसेवा समाजका लक्षमण भण्डारी,मोहन नाथ योगी,लगायत अन्य अतिथी लगायत नेपाली जनसंपर्क समितिका पदाधिकारी लगायत सदस्य तथा केन्द्रिय सल्लाहाकार ईन्जिनियर मोहन शर्मा र पाइलट (क्यापटेन दिपक थपलियाको समेतको उपस्थिती रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।