बुटवलमा रोजगारमुलक तालिम

बुटवल । बढ्दो बेरोजजगारी समस्यालाई समाधान गर्नको लागि विगतका बर्षहरुमा रोजगारीमुलक विभिन्न तालिमहरु सञ्यान गर्दै आएको बुटवलको जयन टेक्नीकल कलेज  आफ टेक्नोलोजी प्रालिले विभिन्न तालिम सञ्चालन गरेको छ । बुटवलमा रहेको जयन टेक्नीकल कलेज अफ टेक्नोलोजी प्रा.लि बुटवलको आयोजना र ईभेन्ट परियोजनाको आर्थिक सहयोगमा ३ महिने निशुल्क विभिन्न तालिमहरु सम्पन्न भएका छन ।  अधिंकास महिलाहरुको सहभागीता  रहेको उक्त तालिमलिएपछि रोजगारको लागि विदेशजानुपर्ने बाध्यातको अन्तय हुने छ भने तालिमबाट घरमै स्वरोजगारका विभिन्न कामहरु समेत गर्न सकिन्छ । 
करिव तिन महिना सम्म सञ्चालन भएको तालिममा घरमा बसेरै गर्न सकिने महिलाहरुको लागि ढाका बुनाई तालिम, महिला तथा पुरुष दुवैको लागि बेकरी बनाउने तालिम, ईलेक्ट्रोनिक्स तालिम अन्र्तगत एसी फ्रीज मर्मत तालिम र पलम्विङ्ग लगायतका तालिम सम्पन्न भएको छ । उक्त तालिम लिएपछि महिला वा पुरुषहरुले घरमै बसेर स्वरोजगार हुने अवसर पाउनेछन् भने रोजगारीको लागि विदेश जानुपर्ने वाध्यातको समेत अन्त्य हुनेछ ।

अन्य समाचारहरु