साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण

 वैदेशिक रोजगारीका लागि साउदी अरेयिबा पुर्‍याइएका १७ जना नेपाली चेली घरमालिकको चरम शारीरिक शोषण तथा मानसिक यातना सहन नसकेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।

साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा रोजगारीका लागि भन्दै लगिएका ती चेली घरमालिकको कठोर यातना र चरम शारीरिक शोषणमा परेका हुन् । दूतावासले मन्त्रालयलाई गत वैशाख २६ गते ती चेलीको नाम, ठेगाना, विवरण, उनीहरुलाई साउदी पुर्‍याउने म्यानपावर कम्पनीका दलाल र सम्पर्क फोन नम्बर उल्लेख गरी कारबाहीका लागि फ्याक्समार्फत पत्र पठाएको  खबर छ ।

दूतावासका द्वितीय सचिव सागरप्रसाद फुँयालले पत्र पठाएकै दिन परराष्ट्रले पनि गृह मन्त्रालयलाई उक्त गैरकानुनी गतिविधिमा संलग्न भएका दलाललाई पक्राउ गरी कारबाही गर्न अनुरोध गरी कारबाही गर्न अनुरोध गरेको छ । परराष्ट्रका नायब महापाल हेमलाल शर्मा भट्टराईले गृहलाई लेखेको पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ । – source annapurna post