जुम्लामा भिरबाट खसेर एक जना युवतीको मृत्यु

जुम्ला – मालिकाठाटाँ गाविसमा भिरबाट खसेर एक जना युवतीको ज्यान गएको छ। घरबाट स्याउला लिन जंगल गएको अवस्थामा भिरबाट खसेर मालिकाठाटा-५ मालापानीकी ललिता बोहोराको मृत्यु भएको हो।


करिव १ सय २० मिटर उचाईमा रहेको भिरबाट खसेर उनको मृत्यु भएको मालापानी गाउँका स्थानिय मोतिराम बुढाले जानकारी दिए। उनको चारवटा हातखुट्टा भाच्चिएको र आँखा फुटेको अवस्थामा भेटिएकी हुन्। घरबाट करिब आधा घण्टाको दुरीमा रहेको जंगलमा स्याउला लिन गएकी थिइन्।


जंगली चराको गुड हेर्न भनेर गएकी उनी लामो समयसम्म पनि नफर्केपछि खोजी कार्य भएको थियो। उनका पिता बुदे बोहोराअनुसार सँगै गएका सबै साथी घर फर्के पनि उनी फर्किएपछि खोजी थालिएको थियो। शवलाइ बुधवार नै घरमा पुर्‍याइ दाहसंस्कार गरिएको छ।

 

rss

अन्य समाचारहरु