स्पेनमा नेपाल चिनाउने कार्यक्रम सम्पन्न

– बिष्णु रिजाल

 

नेपाल – नेपाली कला सस्कृति तथा परंपरा र पर्यटन को बिदेशमा प्रचार प्रसार गर्ने उदेस्यले   गैर आबासीय नेपाली संघ  स्पेन , नेपाली दुताबास  तथा नेपालीअवैतानिक  बाणिज्य दुत बार्सिलोनाको संयुक्त आयोजनामा यहि मे महिनाको १८ तारिक नेपाल पर्यटन प्रबर्धन साझ २०१३ स्पेन को बार्सिलोना शहरमा भव्यताका बिच सम्पन्न भएको छ |

 

नेपाल सरकार लगभग ४०० जना बिदेसी स्वदेसी पाहुनाहरुका बिच सम्पन्न सो कार्यक्रममा नेपाल पर्यटन प्रबर्धन को १५ मिनेटको भिडियो   तथा buddha born in nepal को भिडियो  लाइ प्रदर्शन गरिएको थियो | स्पेनमा पहिलो पटक आयोजित यस कार्यक्रम को उद्घाटन  महामहीम राजदुत श्री मोहन कृष्ण श्रेष्ठ ज्यु तथा स्पेन सरकार प्रतिनिधि श्री चाभियर बोश ज्यु ले गर्नु भएको थियो | नेपाली कला सस्कृति समेटिएको सास्कृतिक कार्यक्रम लगायत , नेपाली खानाको परिकार  सहित कार्यक्रमलाइ रोचक बनाउन लक्की ड्र बाट ५ जना बिजेतालाई पुरस्कार वितरण गरीएकाे िथयाे ।

 

नेेपालि नाच लाइ राेचक तवर वाट पस्कने सास्कृतिक कार्यक्रमका कलाकार हरु साेनु   क्षेत्री ,दिव्या भण्डारी ,  दिव्या राम्जाली ,अनिता कार्की , संगिता कार्की , सम्पन्न गौतम   लाई कार्यक्रमका अतिथिहरु महामहिम राजदुत मोहन कृष्ण श्रेष्ठ , स्पेन सरकारका प्रतिनिधि जाबियर बोश , आन्जेल कोलम , लुइस बेल्भिस , पुस्पराज तिमिल्सिना , अर्जुन काफ्ले द्वारा प्रदान गरिएको थियो |


           उपस्थित दर्शक तथा अतिथिहरुलाई गैर आबासीय नेपाली संघ स्पेनका अध्यक्ष अर्जुन काफ्ले स्वागत भाषण गर्दै सस्थाको चिनारी र गतिविधिलाई औल्याउनु भएको थियो | नेपाल चिनारी तथा नेपालको पर्यटकीय सुन्दरता , एतिहासिक तथा सामरिक  महत्व, तराइ पहाड र हिमालको बिबिधता   बारे महामहिम राजदुत श्री मोहन कृष्ण श्रेष्ठ ज्यु ले प्रस्ट पार्दै नेपाल र स्पेन बिचको द्विपक्षीय सम्बन्ध को महत्व र आबस्यकतालाई औलाउनु भएको थियो |भगबान गौतम बुद्ध , सगरमाथा , कुमारी लगायत  नेपाल का पर्यटकीय मनोरम स्थानहरुको यहाकै स्पानिश भाषामा महामहिम राजदुत ज्यु बाट बर्णन गरिरहदा उपस्थित स्पानिश दर्शकहरु  मन्त्रमुग्ध भएका थिए  | 

 

 ६ करोड ५० लाख वर्ष अगाडि खडा भै आएका नेपालका उच्च हिमशिखरहरु लाई संसारको छाना तथा पानीको मुहानका रुपमा भनि भनिन्छ र ४४ हजार मेगावाट विजुली निकाल्न सकिने अनुमान कुनै दिन यथार्थमा वदलेर नेपाल पनि एक धनी राष्ट्र् हुनेछ भनि आफ्नो विश्वास महामहिम ज्युले व्यक्त गर्नु भएको थियो । भगवान त्रुध्दको शिक्षाले आजको युगमा शान्ति स्थापनाको लागी अधिक महत्व राख्ने कुरा औल्याउँदै वहांले वहांको जन्मथलो लुम्विनीको भ्रमणमा गएर आफ्नो जीवनमा शान्ति तथा आनन्दको अनुभुति प्राप्त गर्न पनि पाहुनाहरुलाई आग्रह गर्नु भएको थियो । कुनै पनि उमेरका व्यक्त नेपालको भ्रमणमा गएर रमाउन सक्ने. कुरालाई औल्याउनु हुदै वहौले यस वर्ष नेपालमा लगानी प्रवध्र्दन वर्ष पनि भएकोले पर्यटन तथा व्यापारको दृष्टिकोणले पनि नेपालको भ्रमणमा जान पाहुनाहरुलाई निमन्त्रणा भयो । नेपाल विभिन्न प्रबर्धानात्मक सामाग्रीहरु निशुल्क वितरणको साथसाथै राजदूतावासवाट तयार पारिएको भगवान बुध्दको उपदेशहरु समेटिएको सानो आकर्षक ब्रोश्योर पनि वितरण गरिएको थियो

            सोही अवसरमा अवैतनिक वाणिज्यदूत श्रीलुईस बेल्भीसले आफुले हाल सम्म ११८ पटक नेपालको भ्रमण गरी सकेको र नेपाल तथा नेपालीको लागी गत २८ वर्ष देखि सेवा सहयोग गर्र्दै आएकोमा आफुलाई अपार हर्ष लागेको भनि आफ्नो भावना व्यक्त गर्नु भयो |बिगल २७ बर्ष देखि स्पेन को बार्सिलोना बाट  नेपाली समुदाय लाइ श्री लुइस बेल्भिस ले दिदै आउनुभएको निरन्तर सेवा को उच्च मुल्यांकन गर्दै नेपाली दुताबास को तर्फ बाट सम्मान पत्र सहित नेपाली टोपी र दोसल्ला ओडाएर महामहिम  राजदुत ज्युले सम्मान गर्नु भएको थियो |सो सम्मान कार्यक्रम बाट धेरै स्पानिश हरु उत्साहित भएको देखिन्थे |कार्यक्रम मा स्पेन सरकारका प्रतिनिधि तथा कातुलुनिया सरकार का मन्त्रि जाबियर बोश ले पनि महामहिम कै बोलीमा बोलि  मिलाउदै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्दै सम्पूर्ण उपस्थित स्पानिश हरुलाई नेपाल भ्रमण गर्न हौसाउनु भएको थियो | उहाले पनि यो एतिहासिक कार्यक्रमले दुइपक्षीय सम्बन्धलाई प्रगाढ गर्न फलदायी भएको र आफु सधै नेपाली समुदायबाट प्रभाबित भएको कुरा राख्नु भएको थियो |
            

 गैर आबासीय नेपाली संघ रास्त्रिए समान्यन समिती स्पेन ले  पनि महामहिम ज्यु लाइ उहाको कार्यकाल  मा भएका सुधारमुलक कार्य ,स्पैन बासी नेपालीका समस्याहरुमा यथोचित सम्बोधन तथा समाधान मा भएको कार्य तत्परता लगायात नेपाल स्पेन बिचको सम्बन्धलाई प्रगाध बनाउन गर्नु भएको कुशल प्रयास को उच्छ मुल्याङ्कन गर्दै    संघको तर्फ बाट अध्यक्ष अर्जुन प्रसाद काफ्ले , महासचिब बिष्णु रिजाल , आइ सी सी सदस्य पुस्पराज तिमिल्सिना ले  कदर पत्र तथा खादा ओडाएर सम्मान गर्नु भएको थियो  |त्यस्को  प्रतिउत्तरमा उहाबाट भबिस्यमा नेपाली दुताबास  बाट हुन सक्न्ने सम्पूर्ण सहयोग तथा नेपाली जन समुदाय  र नेपाल को हितमा लागि पर्ने बचन बद्धता प्रकट गर्दै एन आर एन स्पेन तथा उसले गरेका कार्यहरुको प्रसंसा गर्नु भएको थियो |   यस नेपाल पर्यटन साझ २०१३  कार्यक्रम का लागि नेपाल बाट  नेपाली पत्रकार , स्थानीय नेपाली पत्रकार , बिदेशी पत्रकार हरुको उपस्थिति रहेको थियो |कार्यक्रम एन आर एन स्पेन का सस्थापक महासचिब एकराज गिरि ले संचालन गर्नु भएको थियो
 
    साथै अघिल्लो दिन साझ  महामहिम ज्यु ले कातुलुनिया का प्रेसिडेन्ट का सलाहकार फ्रान्सिस्को होम संग शिस्टाचार भेट गर्नु भएको थियो | भेटमा दुइपक्षीय  सम्बन्ध, लागानी , पर्यटन प्रबर्धन , लगायात कुरामा छलफल चलेको थियो |नेपाली भाषालाई यहाको स्थानीय कलेज हरुमा स्वैच्छिक अध्ययन मा समाबेस गरौउन ,  नेपाली मुख्य चाडबाड लाइ यहाको स्थानीय क्यालेन्डर मा सुचुक्रित गर्न जस्ता स्पेनबासी नेपालीका समसामायिक बिषयमा पनि महामहिम ज्यु ले  ध्यान आकर्षण गराउनु भएको थियो | सो भेटघाट  प्रेसिडेन्ट भबन मा गरिएको थियो |