– विनोद घिमिरे
लिस्वन, भगबान गौतम बुद्धको २५५७ औ जन्म जयन्तिको अवसरमा लिस्वनमा एक बृहत शोभा यात्रा गरिने भएको छ।
बुद्ध जयन्ति भब्य रुपमा मनाउदै, उनी नेपालमा जन्मेका हुन भन्ने सन्देशलाई संसारभर पुर्याउनको लागी एक बृहद् शोभा-यात्राको आयोजना गरिने भएको हो। बुद्धको जन्मस्थल को बारेमा विभिन्न अफवाहहरु फ़ैलाईएको अवस्थामा यस किसिमको शोभा यात्राले बुद्धको जन्मथलो नेपालको प्रचार-प्रचारमा टेवा पुग्नेछ।
गैर आवाशीय नेपाली संघ पोर्चुगलको संयोजन र यहाँ स्थित सम्पूर्ण संघ-सस्थाको सहभागितामा बुद्ध जयन्ति भब्य रुपमा मनाउने तयारी भईरहेको छ। शोभा यात्रालाई भब्य र ब्यबस्थित बनाउन संघ का उपाध्यक्ष पेम्बा शेर्पाको संयोजकत्वमा तयारी समिती समेत गठन गरिएको छ। समितिले यथासम्भब आफ्नो परम्परागत पोशाकमा सो शोभा-यात्रामा सहभागिता जनाइदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ।
शोभा-यात्रा मे २५ तारिख शनिबारका दिन दिउसो ३.३० बजे प्रासा दि कमर्सियोबाट प्रारम्भ भै रुवा अगस्ता, पानीको फोहोरा, रेष्तुरादोरेस, रुवा पोर्ता सान्तो आन्तांउ, घोडा-चोक हुदै सभास्थल पुगी प्रसाद बितरण तथा जलपान पश्चात समापन हुनेछ। शोभा यात्रामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा अंकित प्लेकार्ड, बुद्ध धर्मालम्बीहरुका झण्डा, बिबिध बाजागाजा सहित बौद्ध गुरुको मन्त्रोचारण आदी समावेश हुनेछन् ।
“शोभा-यात्रामा सहभागी बनौं – बुद्धको जन्मस्थल नेपालको प्रचार-प्रचार गरौं।”