काठमाडौं । काठमाडौको महाराजगञ्ज खाडीपाखामा वर्षापछि आएको पहिरोमा परी ३ जना पुरिएका छन् ।
उनीहरुलाई प्रहरी र स्थानीयबासीले उद्दार गरी शिक्षण अस्पताल भर्ना गरेकोमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सप्तरीका १५ वर्षीय रामबखत राम भएको बताईएको छ । शिक्षण अस्पताल पछाडिको भीरमा रहेको सुकुम्बासी बस्तिमा पहिरो गएको हो ।
पहिरोले २ घर पुरेको छ । घटनास्थलमा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
rss