बुटवल – मिडियामा महिला पत्रकारहरुको पहुंच बढाउंनका लागि चौतर्फी दबाब दिनुपर्नेमा बुटवलमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले चुनौतिको सामना गरेर विचलित नहुंन पनि महिला संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
जिल्ला बिकास समिती रुपन्देहीको सहयोगमा संचारिका समुह लुम्बिनीले आइतबार बुटवलमा आयोजना गरेको संचारमा महिला संम्भावना र चुनौति विषय अन्तरक्रिया तथा पत्रकार महिलाका लागि व्यवसायीक तथा लैगिक पत्रकारीता तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुंन् ।
कार्यक्रममा बोल्दैं नेपाल पत्रकार महासंघ,रुपन्देही शाखाका अध्यक्ष दीपक ज्ञवालीले कुशल पत्रकारीता क्षमताले आत्मबल बढाउंने बताए । संम्भावना र चुनौति हुंदाहुंदैं पनि महिला संचारकर्मीहरु क्रमशः बढ्दैं गएको भन्दैं उनले हरेक तवरले महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला बिकास समिती अन्तर्गतको महिला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष बिमला पन्थीले महिला संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि समितिले सहयोग गर्ने आश्वासन दिइन् ।
कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष प्रदिप आचार्य, प्रेस युनियन रुपन्देहीका सचिव बिक्रम खड्का, क्रान्तिकारी पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष ओम प्रगेनी, आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका संयोजक टेकबहादुर मास्की राना, टुरीजम मिडिया फोरम लुम्बिनीका अध्यक्ष यमलाल भुसाल, पत्रकार माया गौतम, संचारिका समुह लुम्बिनीका सल्लाहकार इन्दिरा अर्याल,ओरेक नेपालका पश्चिमाञ्चल संयोजक इन्दिरा आर्चाय, रेडियो मुक्तिका स्टेशन म्यानेजर दिपु ज्ञवाली लगायतले बोलेका थिए । संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षता,सचिव निरु गौतमको संचालन तथा सहसचिव रेखा भुसालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।