राजदुत निवासमै मनाइयो यूएईमा गणतन्त्र दिवस

– उमाकान्त पाण्डे गाउंले 



जेष्ठ २० ,आबुधाबी – सयुत्त अरब एमिरेट्स यूएईमा पनि छैटौ गणतन्त्र दिवस मनाइएको छ । विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली कुटनैतिक नियोगले स्थानिय समय मिलाएर गणतन्त्र दिवस आ-आफ्नै तरिकाले मनाएका छन । 



 

देश विदेशमा गणतन्त्र दिबस मनाइरहेको बखतमा यूएईस्थित नेपाली दूताबासले पनि गत बिहीवार एक कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस  मनाइएको हो । 



यूएईका लागि नेपाली राजदुत निवास रहेको राजधानी आबुधाबीको मुरुरुर रोडमा आयोजना गरिएको कार्यक्रममा नेपाली नियोगका पदाधिकारी तथा यहाँ रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती थियो ।  



राजदुत निवासमा कार्यक्रम आयोजना गरिएको र केही सिमित संघसस्था तथा व्यससायी ब्यातीहरुको उपस्थिती बाक्लो देखिन्थ्यौ ।

 


 

कार्यक्रममा राजदुत धनन्जय झा दम्पती , दितिय सचिब ललित श्रेष्ठ , श्रम सहचारी हिरा पौडेल,सहचारी लगायतको सहभागिता थियो भने उप नियोग प्रमुख दिपक अधिकारि कार्यक्रममा अनुपस्थित थिए । ब्यात्तीगत कार्य व्यस्तताले उनी अनुपस्थित रहेका हुन ।  



गणतन्त्र प्राप्तीका लागि वलिदान दिने सहिद प्रती श्रदासुमन ब्यत्तगर्दै राष्ट्रिय गीत र मौन धारण गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

 


 

कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीलाई राजदुत झाले छोटो सम्बोधन गर्दै स्वागत गरेका थिए । नेपालको कुनै पनि दिवसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा नराखेकोले आफुहरुले अनौपचारिक रुपमा गणतन्त्र दिवस मनाएको राजदुत झाले आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए । 

 

‘मिल्दै मिलाउदै-रमाइलो गरौ,खान पीन गरौ र तोकिएको समयमा कार्यक्रम सकौ, राजदुत झाले भने । उनले समग्रमा सबैलाई स्वागत गर्दै भने ‘आजको कार्यक्रम नो आशन-नो भाषण’ हार्ड ड्रिक्सवाला लाई हार्ड र सफ्ट पीउनेलाई सफ्ट, जे जे पीउन मन लाग्छ पिउनुश । कक्टेल पनि छ है राजदुत झाले मुस्कुराउदै थपे ।

 


 

राजदुत निवासमा दुतावासका कर्मचारीले सहजीकरण गरेका थिए । राजदुतको छोटो सम्बोधन लगत्तै श्रम सहचारी हिरा पौडेलले कार्यक्रमलाई सर्टकर्टमा सन्चालन गर्दै भनिन ‘सामान्य नास्ता छ, जस्तो भए पनि मिठो मानेर खानुहोला , डिनर पनि छ । उपस्थित नेपालीलाई स्वागत र भलाकुसरी गर्दै दितिय सचिव ललित श्रेष्ठ ‘फेस टु फेस मिट’ गर्दै थिए।   



रातीको ११ बज्दै थियो केही पेय पदार्थको तालमा रसिला हसिला वातमा ब्यस्त थिए त कोही घर फर्कने तरखरका लागि रात्रीभोजमा । उपस्थितले खाना खादै रमाइलो गर्दै भलाकुसारी गरिरहेका देखिन्थे । कार्यक्रम राती ८ बजे देखी १० बजे सम्म हुने भनेर आमन्त्रित गरिए पनि ९ बज्दा सम्म कार्यक्रम सन्चालन भएको थिएन । ढिला सुरु भएकोले राती अबेर सम्म खाने पीउने रमाइलो गर्ने क्रम चलीरह्यौ ।

 


 

सिमित संख्यामा नेपाली संघसस्थाका प्रतिनिधि तथा पत्रकारको कार्यक्रममा उपस्थित थिए । गणतन्त्र दिवस दूताबासले आयोजना गरेको हो वा राजदुतले ब्यात्तीगत रुपमा पत्तो भएन , हामी खान नपाएर राजदुतको निवास आएका होइनौ । प्रगतीशिल बिचारका एक सहभागीले नाम नभन्ने सर्तमा प्रतिकृया दिए । गणतन्त्र हामी सबै नेपालीको हो,सबै नेपालीको सहजताका लागि दुतावास कार्यलयमै कार्यक्रम आयोजना गरेको भए हुन्थ्यौ उनले भने । 

राजदुत वा दुतावास जसले गरे पनि यसरी राष्ट्रिय महत्वको कार्यक्रम आयोजाना गर्दा औपचारिक कार्यक्रम गरि आमन्त्रित अथितिलाई पनि छोटो भनाइ राख्न दिएको भए कार्यक्रम झनै उत्कृष्ट हुने थियो, यस्तै कानेखुशी  एक आपसमा  गरेको दृश्य कार्यक्रम स्थलमा देखिन्थ्यो। कार्यक्रमको अन्त्यमा केही पत्रकार बाहिरिसकेका थिए भने बाँकी रहेका केही पत्रकारले सामुहिक तस्विरका लागि अनुरोध गर्दै आ-आफ्नो क्यामरामा तस्विर कैद गरेका थिए ।

 


 

यूएईमा खास गरी यहाँको स्थानिय सरकारी प्रतिनिधि सहितको संलग्नतामा दुतावासले कार्यक्रम नगरेको भन्ने आरोप केही बुद्दीजिवी तथा समाजसेवीहरुको छ । 



कुवेतमा कुबेतमा रहेका कुटनीतिक नियोग तथा कुबेत सरकारका प्रतिनिधिको उपस्थितीमा गणतन्त्र मनाइएको छ भने कोरियामा रहेका बिभिन्न १२ राष्ट्रका राजदूत तथा स्थानिय सरकारकार प्रतिनिधिको उपस्थितीमा कार्यक्रम मनाइएको थियो । तर सयुत्त अरव एमिरेट्स यूएईमा भने राजदुत निवास त्यसमा पनि सिमित नेपाली संघसस्था तथा व्यससायी ब्यातीहरुको उपस्थितीमा गणतन्त्र दिवस मनाइएको हो ।