पर्वत । केहि दिन यता अत्याधिक गर्मी बढ्दा पर्वतको जिल्ला अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा पनि विरामीको चाप बढेको छ । प्रदुषित हावा, खानेपानी र दुषित खानाले विरामी बढेको अस्पतालको भनाइ छ ।
जिल्ला अस्पताल पर्वतमा दैनिक दुई सयसम्म बिरामीहरु जाने गरेका छन् । धेरैमा भाइरलको समस्या छ । १५ शैयाको क्षमता रहेको अस्पतालमा अहिले बैकल्पिक बेडको व्यवस्था गरेर बिरामीलाई सेवा दिनुपरेको छ । निजी स्वास्थ्य क्लीनिकहरुमा पनि भाइरलका विरामी बढेका छन् ।
rss