कालिका उच्च मावि बुटवलम बिभिन्न कार्यक्रम गरि विस्व वातावरण दिवस २०७० मनाईएको छ । वातावरण दिवसको अवसरमा आज बिहान बिद्यार्थिहरुले प्रभातफेरी गरेका छन ।
कालिका उमावि देखी शुरु भएको प्रभातफेरी रयाली मिलनचोक, तिनकुनेचोक, राजमार्ग चौराहा हुदै बिद्यालयमा आएर सम्पन्न भएको थियो।
वातावरणिय सचेतना सम्बन्धि बिभिन्न प्लेकार्ड र ब्यानर सहित निस्केको र्यालीमा स्थानीय बासिन्दा, अभिभावक , शिक्षक र सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
आजै कालिका उच्च माविका विद्यार्थीहरुले फोहरमैला व्यवस्थित गरौ-वातावरण जोगाऊ भन्ने सन्देश दिने सडक नाटक समेत प्रस्तुत गरेका थिए।
सडक नाटक मार्फत बिद्यार्थिहरुले फोहरमैला व्यवस्थापन, हरियाली संरक्षण,खाद्यान्न संरक्षणसम्बन्धि रोचक प्रस्तुतिहरु गरेका थिए।