पत्ररकारहरुको उल्टो साईकल यात्रा टोलिलाई स्वागत, टोलीद्धारा बुटवल नगर परिक्रमा

कमला बस्नेत 



 बुटवल । पे्रस स्वतन्त्रता र दिगो शान्तिका लागि स्वतन्त्र पत्रकार संघ नेपाल रुपरुन्देहीले आयोजना गरेको अल्टो साइकल यात्राको टोलिलाई आज मंगलबार दिनभर बुटवलमा स्वागत गरिएको छ । उल्टो साईकल यात्रि बुटवलका फोटो पत्रकार बिरेन्द्र पाण्डे सहितको टोलिलाई आज बुटवलका बिभिन्न संघसंथाले भब्य स्वागत गरेका हुन । गएराति रुपन्देहीको देबदहमा बास बासेको टोलि आज बिहान बुटवल आएको हो । टोलिले आज बुटवल बजार परिक्रमा समेत गरेको छ । राजमार्ग चौराहावाट गोलपार्क, अमरपथ, ईटाभट्टि ,मिलनचोकबाट सुक्खानगर हुदै योगिकुटीमा रहेको स्वतन्त्र पत्रकार संघ रुपनदेहिको कार्यालयमा आएको थियो । 



बुटवलको बुद्ध सामुदायिक टेलिभिजनले मंगलबार राजमार्ग चौराहामा एक कार्यक्रमका बिच टोलिलाई स्वागत गरेको छ । टेलिभिजनका सम्पुर्ण संचालक र कर्मचारिहरुको स्वागत कार्यक्रममा उपस्थिति रहेको थियो ।



त्यस्तै ऐकिकृत नेकपा माओबादिको भातृ संगठन अखिल क्रान्तिकारि बुटवल बहुमुखि क्याम्पसले पनि आज क्याम्पस प्रांगढमा एक कार्यक्रमको आयोजना गरि टोलिलाई स्वागत गर्यो । अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष रस्मी बस्यालको अध्यक्षता, उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय सदश्य बिमल गिरिले पत्रकारीता स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । अखिल क्रान्तिकारि बुटवल बहुमुखि क्याम्पस ईकाई कमिटी सचिब दामोदर घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डे, स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहिका अध्यक्ष बाबुराम गैरे, उपाध्यक्ष गोबिन्द बस्नेत, सचिब अशोक गौतम लगायतले समेत बोल्नुभएको थियो । 



यसैबिच लियो क्लब अफ तिलोत्तमा बुटवलले पनि आज साईकल टोलिलाई स्वागत गरेको छ । उद्योग बाणिज्य संघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा लियो क्लब अफ तिलोत्तमाका कार्यबाहक अध्यक्ष लियो निर्मित कसजु, लायन्स क्लब अफ ईन्टरनेस्नल ३२५ बि २ का एम्भेष्डर अफ गभर्नर लायन सुरेसरत्न बज्राचार्य, लायन्स क्लब आफ तिलोत्तमाका द्धितिय उपाध्यक्ष लायन पुरुषोत्तम भट्ट प्रधानाङ्ग लगायतले यात्रामा निस्केको टोलिलाई फुलमाला, अबिर र खादाले सम्मान गर्दै सुभकामना दिनुभयो । यस्तै क्षेत्रिसमाज बुटवल रुपन्देहिले पनि आज टोलिलाई बिशेष स्वागत सम्मान गरेको छ । क्षेत्रि समाज नेपाल रुपन्देहिको कार्यलय बुटवलमा आयोजित कार्यक्रममा क्षेत्रि समाज नेपाल रुपन्देहीका अध्यक्ष लेक बहादुर कार्कीको सभापतित्बमा सम्पन्न कार्यक्रममा क्षेत्रि समाज नेपाल रुपनदेहिको भातृ संगठनका युबा अध्यक्ष हरि क्षेत्रि, समाजका उपाध्यक्ष गुप्त बहादुर केसि लगायतले सम्मान गर्नुभएको हो । समाजका सचिब लिल बहादुर क्षेत्रिले संचालन गर्नुभएको कार्यक्रममा उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डेले मेचिदेखि बुटवल आईपुग्दाका अनुभबहरु प्रस्तुत गर्नुभएको थियो भने स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष बाबुराम गैरे उल्टो साईकल यात्रा गर्नुको उद्धेश्यका बारेमा जानकारि दिनुभएको थियो । अध्यक्ष गैरेले प्रेस स्वतन्त्रता र शान्तिलाई संगसंगै जोडेर उल्टो साईकल यात्रा गरिएको जानकारि दिनुभयो । देशमा पुर्ण शान्ति नभई प्रेस स्वतन्त्रताको सुनिष्चित हुन नसक्ने उहाको भनाई थियो । यस्तै हास्य टोलि सृंखला झटारो युनटिले पनि टोलिलाई स्वागत गरेको छ । युनिटका संरक्षक बाबुराम घिमिरेले टोलिलाई खादा ओडाएर सम्मान गर्नुभयो । 



साईकल यात्राको टोलिलाई बुटवलमा अन्य कैयौ संथा संगसंगै स्थानियले पनि ठाउठाउमा भब्य स्वागत गरेका छन । आदिबासि जनजाति पत्रकार संघ रुपनदेहिका अध्यक्ष मिलन राना, कलाकार आकांक्ष्ाँ बस्याल, खेल पत्रकार भरत अधिकारी, युनिटि गाईज बुटवल लगायतका ब्यात्ति तथा संघसंथाले टोलिलाई स्वागत सम्मान गरेका हुन ।

अन्य समाचारहरु