महोत्तरीमा घरबाट धारामा पानी लिएर फर्कदै गर्दा खोलामा एक्कासी आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु

महोत्तरी । महोत्तरीको माईस्थानस्थित चुरे क्षेत्रमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छिन् ।

 

ढुंग्रे खोलामा आएको बाढीले बगाउँदा माईस्थान ७ ढुंग्रे गाउँकी ३५ वर्षीया जयमाया लुंगेली र २८ वर्षीया ईन्द्रमाया घागा मगरको मृत्यु भएको हो ।


४५ वर्षीया पञ्चमाया थापा मगर भने बेपत्ता भएकी छिन् । मृतक दुईको शव बालुवाले पुरिएको अवस्थामा खोलामा फेला परेको थियो ।

 

घरबाट धारामा पानी लिएर फर्कदै गर्दा खोलामा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको जनाइएको छ ।

 

rss

अन्य समाचारहरु