नेपाली समाज यूएईको अन्तरकृया कार्यक्रम सम्पन्न/पार्षद अध्यक्षमा राउत मनोनित

– उमाकान्त पाण्डे गाउंले 



नेपाली समाज यूएईले अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । समाजको सन (२०१३ – २०१५) कार्यकालका लागि निर्वाचित केन्द्रिय समितिले यहाँ रहेका बिभिन्न संघसस्था सगं सामुहिक छलफल गरेको हो । कार्यक्रममा डेढ दर्जन बढी सस्थाको उपस्थिती रहेको थियो । समाजमा आबद्द भएका तथा नभएका सस्थाको उपस्थितीमा सामुहिक छलफल गरिएको हो । 



सामाजिक कार्यमा संघसस्थाको भूमिका, समाज सँग अन्य सस्थाको आबद्दता तथा पदपुर्ती लगायतको बिषयमा छलफल गरिएको थियो । छलफलमा उपस्थित संघसस्थाका प्रतिनिधीले दिएका सुझाब तथा गुनासोलाई भाबी कार्ययोजना अन्तर्गत राखिने भनिएको छ । 



समाजमा आबद्दता सम्बन्धी शुल्क लाई न्युन गरिए धेरै सस्था आबद्द हुन सक्ने भन्दै आएको सुझाबलाई अन्तरकृया कार्यक्रम लगत्तै बसेको केन्द्रिय कार्य समितिको बैठकले सस्था दर्तामा सबै संघसस्थालाई २५० यूएई धिराम्श लिने निर्णय गरेको छ । यो शुल्क सबै संघसस्थाको हकमा लागु हुने  छ । 



अन्तरकृया कार्यक्रममा उपस्थित सघंसस्थाले आ-आफ्नो राय राखेका थिए । नेपाली समाजमा आबद्दता सम्बन्धी आह्वव्न निर्वाचन आयोग , तथा तदर्थ समितिले पनि धेरै पटक गरिसकेकोले संघसस्था आबद्द भएनन भनेर धेरै लामो समय यस् मा नखर्चिन सल्लाह दिएका थिए । यस्तो धारणा पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहाल , बाग्लुङ सेवा समाज यूएईका अध्यक्ष गोपाल कडेंल, गोरखा समाजका केन्द्रिय सल्लाहकार गोबिन्ध ढकाल, पथरी सेवा समाजका प्रतिनिधि हरि खनाल लगायतले राखेका थिए । 



सबै संघसस्थाले आ-आफ्नै तरिकाले दुतावासको ढोका ढकढकाउनु भन्दा दु:ख पर्दा नेपाली समाज मार्फत एक स्वर भएर समाधान तर्फ लागे सजिलो पर्ने धारणा चितवन समाजका अध्यक्ष श्याम पोख्रेलले राखेका थिए । उनले अब देखी चितवन समाज एक्लै दुतावास नधाउने भन्दै नेपाली समाज सँग मिलेर सहकार्य गर्ने धारणा राखेका थिए । यस्तै धारणा नेपाल मुस्लिम फोरम एन्ड कल्चर डेभलपमेण्ट यूएईका महासचिव शाह  नवाज अख्तरले पनि राखेका थिए । उनले भने ‘हामीले गरे पनि तपाईंहरुले गरे पनि आखिर नेपाली समाजले नै गरेको ठहरिन्छ’, हामी पनि नेपाली समाजमा आबद्द हुन चाहन्छौ , केही हाम्रो प्राबिधिक कारणले समयमै आउन सकेनौ अब देखी सहकार्य गर्छौ”। 








‘यूएईमा नेपाली समाज सँग आबद्द भएर सहकार्य गर्छौ , अन्य मुलुकमा हामीले सहयोग गर्छौ’ विश्व नेपाल सहयोग सघं यूएईका अध्यक्ष दिपक राज पौडेलले आफ्नो धारणा राखे ।  यूएईमा महिलाहरुका समस्या धेरै भएकोले समाज सँग समानुपातिक ढगंले अघी बढ्न महिला बिभाग गठन गरिए राम्रो हुने धारणा उपस्थित महिलाको तर्फ बाट बिनिता थापाले राखेकी थिईन । त्यस्तै यूएईमा छरिएर रहेका कलाकारहरुलाई एकत्रित गर्दै समाजले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा सहभागी बनाउदै कला र सस्कृतिको जगेर्ना गर्न कलाकार आशिष पुरुषले अनुरोध गरेका थिए । 



एक फरक प्रशगंमा बोल्दै जनप्रगति शिल मोर्चा यूएईका अध्यक्ष रमेश गिरीले आफ्नो मोर्चाको तर्फ बाट अगाडि सारीएको बिमा सम्बन्धी बिषयमा प्रस्टाएका थिए । प्राय दैनिक जसो बिभिन्न बहनामा यूएईमा चन्दा उठाउनु पर्ने भएकोले प्रत्येक ब्यात्तीको जीवन बिमा अनिबार्य तरिकाले सामुहिक रुपमा गर्न सके र त्यसको सुरुवात यूएई बाट गर्न सकिए अझ राम्रो हुने धारणा राखेका थिए ।    



स्याङ्जा सेवा समाजका अध्यक्ष भूपति न्यौपानेले सस्था दर्ता सम्बन्धी शुल्क लाई न्युन पार्दै सस्थामा पद पुर्ती बाँकी रहेका स्थानमा नयाँ सस्थालाई पनि स्थान दिदै जाने हो भने अन्य सस्थाको आबद्दता बढ्न सक्ने धारणा राखेका थिए ।   



कार्यक्रममा बोल्दै प्रमुख अतिथि निवर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालले आगामी दिनमा समाजको औचित्य र महत्वलाई झन उच्च स्थानमा राख्दै नयाँ नयाँ योजनाका साथ सामाजिक कार्यमा जोड दिन पदाधिकारीलाई सुझाब दिएका थिए । समाजलाई बुझेका सबै युवा शत्तीहरुको हातमा नेपाली समाजको वर्तमान कार्य समिति रहेकोले थप उर्जाशिल भएर काम गर्न आग्रह गरेका थिए । आफुले आफ्नो स्थान बाट समाजका लागी जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्दता उनको थियो ।   

   

कार्यक्रम नेपाली समाज यूएईका अध्यक्ष ज्ञानेद्र बहादुर कार्कीको अध्यक्षता , नेपाली समाजका निवर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालको प्रमुख आतिथ्यता तथा अन्य संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती र समाजका केन्द्रिय उपाध्यक्ष भिम बहादुर अधिकारिको स्वागत मन्तब्य तथा महासचिव उमाकान्त पाण्डे गाउंलेको सन्चालनमा बर दुबइमा रहेको एभरेस्ट इन्टरनेशनल होटलमा गत शुक्रबार सम्पन्न भएको हो ।



पार्षद अध्यक्षमा बिदुर रावत 



यसैबीच नेपाली समाज यूएईको गत मे ३ मा सम्पन्न निर्वाचनले निर्वाचित गरेका केन्द्रिय पदाधिकारीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले कार्य समितिलाई पूर्णता दिएको छ । समाजले आयोजना गरेको पहिलो सार्वजनिक कार्यक्रम लगत्तै बरदुबई मेट्रो पार्कमा बसेको बैठकले अन्तरकृया कार्यक्रमको समिक्षा गर्दै सस्था बाट सिफारिसमा परेका ब्यात्तीलाई मनोनित गरेको हो । 



अन्तरकृया कार्यक्रम उपस्थित नेपाली समाजमा सूचीकृत सघंसस्थाको सुझाब तथा सिफारिस बमोजिम नेपाली समाज यूएईका आजीवन सदस्य बिदुर राउत लाई पार्षद अध्यक्षमा मनोनित गरिएको हो । त्यस्तै पथरी समाज यूएईको सिफारिसमा हरि खनाललाई समाजको केन्द्रिय सचिवको रुपमा मनोनित गरिएको छ । त्यस्तै आजीवन सदस्य पष बहादुर गुरुङ, आशिष पुरुष , र शेखर सुब्बुलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । केन्द्रिय सदस्यमा मनोनित लगत्तै कार्य बिभाजन समेत गरिएको छ । 



कार्यबिभाजन अनुसार क्षेत्रिय समितिको अधिवेशन १ महिना भित्र सम्पन्न गर्ने गरी जिम्मेवारी दिईएको छ । आबुधाबी , मुसाफा , क्षेत्रिय समितिको अधिवेशनका लागी समाजका केन्द्रिय उपाध्यक्ष चन्द्र सारु मगर र भेष राज ढकाललाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाइएको छ । त्यस्तै दुबइ क्षेत्रिय समितिको अधिवेशन सम्पन्न गर्न केन्द्रिय उपाध्यक्ष भिम अधिकारिलाई जिम्मेवारि प्रदान गरेको गरेको छ । क्षेत्रिय समितिको महाधिवेशन सम्पन्न गर्न उनीहरुले केन्द्रिय प्रतिनिधिको रुपमा सहजीकरण गर्ने छन । 



त्यस्तै समाजको सास्कृतिक बिभागका गठनका लागि केन्द्रिय सदस्य आशिष पुरुषको सम्योजकत्वमा सास्कृतिक बिभाग र केन्द्रिय सदस्य शेखर सुब्बुको सयोजकत्वमा खेलकुद बिभाग गठन गर्न जिम्मेवारी प्रदान गरिएको छ । 



त्यस्तै समाजले आफ्ना काम कारबाहीको समिक्षा तथा योजना बनाउदै मासिक रुपमा नियमित केन्द्रिय कार्य समितिको बैठक आलो पालो गरी फरक फरक स्थानमा बस्ने समेत निर्णय गरेको छ । 



केन्द्रिय कार्य समितिको बैठकमा निवार्चित केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की , केन्द्रिय उपाध्यक्ष त्रय : चन्द्र सारु मगर , भेषराज ढकाल तथा केन्द्रिय महासचिव उमाकान्त पाण्डे गाउंले तथा कोषाध्यक्ष गणेश न्यौपानेको उपस्थिती थियो भने भिम अधिकारिको एक्यबद्दता थियो । केन्द्रिय कार्य समितिका लागि बिभिन्न संघसस्था बाट सिफारिसमा परेका प्रतिनिधि तथा आजीवन सदस्यहरुको समेतको उपस्थिती थियो ।