– विनोद घिमिरे
लिस्वन, सीता बरालको पहिलो साहित्यिक कृति कथासंग्रह “भुन्टी” को एक समारोहका बीच मंगलबार लिस्वनमा विमोचन भएको छ। कथा संग्रह “भुन्टी” को पोर्चुगल नेपाल मैत्री संघ का अध्यक्ष तथा नेपाल सरकार द्धारा लिस्वन का लागी प्रस्तावित अवैतनिक वाणिज्य दूत मकर हमाल, गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद का अध्यक्ष रमेश कुमार गुरुङ र नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य संचार परिषद का अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका छन्।
परिवार बिछोडको पिडा, प्रवाशमा नेपालीहरु को अवस्था र बिशेष गरि पोर्चुगलमा रहेका नेपालीहरुका दुख: पिडाको सेरोफेरो समेटिएको यस कथा संग्रह ६१ पृष्ठ को रहेको छ। भुन्टीको प्रकाशन नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य संचार परिषद ले गरेको हो। पोर्चुगल बाट यस किसिमको साहित्यिक कृति निस्किएको पहिलो पटक हो।
सुन्दर भविष्य को खोजीमा युरोपमा संघर्षरत कथाकारले आफनो छोरी लाई भुन्टी को संज्ञा दिदै पुस्तकको नाम भुन्टी राखेकी छन्। बिमोचन समारोहमा अत्यन्त भावुक मुद्रामा देखिएकी कथाकार बरालले आजकै दिन ति भुन्टी एस एल सी परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएकी र संगसगै भुन्टी कथासंग्रहको बिमोचन गर्न पाएकोमा आफु अत्यन्त खुशी भएको बताएकी छन्। युरोपमा ५ युरो बिक्रि मूल्य राखिएको पुस्तकको १ युरो परोपकारी कामको लागी खर्च गर्ने घोषणा उनले गरेकी छन्। साथै उनले पुस्तक प्रकाशनमा सहयोग पुर्याउनु हुने सम्बन्धित सबैलाई धन्यवाद ब्यक्त गरेकी छन्।


समारोहमा उपस्थित पोर्चुगल स्थित विभिन्न संघ-सस्थाका प्रतिनिधिहरु तथा साहित्य अनुरागी हरुले प्रवाशको व्यस्त समय का बाबजुद कथाकारको अनवरत लगाव का कारण भुन्टी प्रकाशन मा आएकोमा बधाई दिदै सफलताको शुभ-कामना ब्यक्त गरे। यसरी बधाई तथा शुभ-कामना दिनेहरुमा एन आर एन पोर्चुगलका सदस्य दामोदर सुवेदी, साहित्य सर्जक मोहन आचार्य जलद, बिष्णु खनाल, परिषदका उपाध्यक्ष बिनोद घिमिरे, महासचिव बिष्णु गौतम, एन आर एन पोर्चुगलका सल्लाहकार वालाराम बिक, जनसम्पर्क समिति पोर्चुगलका उपाध्यक्ष भानु सापकोटा, अन्तराष्ट्रिय साहित्य महासंघ का केन्द्रिय पार्षद भिम केसी कमल, एन आर एन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ र प्रमुख अतिथि तथा मैत्री संघका अध्यक्ष मकर हमाल थिए।
सोहि अवसरमा कथाकार बराललाई परिषदको तर्फबाट अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष घिमिरे ले खादा तथा फुलगुच्छा ले सम्मान गरेका थिए। नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य संचार परिषद ले आयोजना गरेको बिमोचन समारोह को सभापतित्व कुमार श्रेष्ठ र संचालन पत्रकार कमल बिष्ट ले गरेका थिए। अन्नपुर्ण रेस्टुरेन्ट आन्जोस मा सम्पन्न कार्यक्रममा अनिता श्रेष्ठ ले अतिथि हरु लाई खादा लगाएर स्वागत गरेकी थिइन्। उक्त अवसरमा पोर्चुगलका विभिन्न संघ-सस्था का अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, व्यवशायी, साहित्य अनुरागी, पत्रकार तथा नेपाली दाजुभाई-दिदीबहिनीहरु को उपस्थिति रहेको थियो।