काठमाडौं, । स्थापित समुदायसम्बद्ध महिला समूहको अग्रसरतामा काठमाडौंको बांगेमुढामा एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।
शिविरमा धुलिखेल अस्पतालका डा.पूर्णिमा स्थापितको नेतृत्वमा सात जनाको चिकित्सक टोलीले बिरामीहरुको आँखा परीक्षण गरेका थिए ।
शिविरबाट दुई सय भन्दा बढीले आँखा उपचार सुविधा प्राप्त गरे । शिविर सञ्चालनका लागि धुलिखेल अस्पताल र एनएमबी बैंकले सहयोग गरेका थिए ।
शिविरमा आँखाका बिरामीहरुलाई निःशुल्क औषधी र सहुलियत दरमा चश्मा वितरण गरिएको आयोजकले जनाएका छन् ।
RSS