बाराको उत्तरी भेगका १६ गाविसका बासिन्दा खानेपानीबाट पीडित

बारा  । बाराको उत्तरी भेगका १६ गाउँ विकास समितिका बासिन्दा खानेपानीबाट पीडित भएका छन् । बर्षा शुरु भएपनि उपभोक्ताको धारामा पानी नआएपछि सर्वसाधारण सुख्खायामकै नियति भोग्न बाध्य भएका हुन् ।
 बाराको डुमरबाना, बदाफर रतनपुरी, मर्नबा लगायतका गाविसमा पानीको समस्या देखिएको हो । 
यस भेगमा रहेका अधिकांश ट्यूबेल समेत सुकेपछि खानेपानीको हाहाकार भएको हो । उपभोक्ता खोलाबाट साइकलमा पानी ल्याएर खान बाध्य छन् । कतिपयले आकाशे पानी जम्मा गरेर काम चलाउने गरेका छन् । माघ महिना यता मात्र बाराको उत्तरी भेगमा तीन सयभन्दा बढी ट्यूबेल सुकिसकेका छन् ।
RSS

अन्य समाचारहरु