माधब अर्याल
पाल्पा – पाल्पा जिल्लाको देउराली- १ मा आइतबार दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । सेफ्टी ट्याङ्की बनाउन खनेको खाडलमा भरिएको पानीमा डुबेर ११ बषिय माधव अधिकारी र १३ बषिर्या अर्पणा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
देउराली विकास केन्द्रद्धारा निर्माणाधीन वृद्धाश्रमकोलागि उक्त सेफ्टी ट्याङ्की खनिएको थियो । खेल्ने क्रममा एक जना डुबेको र उनलाई बचाउन जाने क्रममा पुनः अर्को डुबेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
डुबेको धेरै समय भइसकेपछि मात्र सानो बच्चाले देखेपछि अभिभावकलाई खबर गरेका थिए । दुबैलाई उपचारको लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । दुबैलाई पोष्टमार्टम गरेर आइतबार नै शव अन्त्यष्टि गरिने आफन्तले जनाए ।