प्युठानमा अस्थीरपञ्जरबाट हत्यारा खोजिदै

सि.टि.पोख्रेल

 

प्युठान । प्युठान सदरमुकाम खँलागामा मानब अस्थीरपञ्जर फेला परेको छ । रहस्यमय पञ्जरको अनुसन्धान प्रकृया सुरु भयसंगै खलँगा ९ बुडाचौर प्युठानको बन बाट स्थानिय फुर्सि सुनारको घर सम्ममा अस्थीरपञ्जरको अबशेष हरु फेला परेपछि घटना थप रहस्यमय भयको छ । जंगलमा केहि समय पहिला अस्थीरपञ्जरको स्थानिय केहिले जलायको र सोहि घटनालाइ अनुसन्धान गर्दै जादा अस्थीरपञ्जरको अबशेर घर भित्रसम्म फेला परेको हो ।

अस्थीर पञ्जरलाइ जोडेर कसैको हत्या भयको हुन सक्ने अनुमान गरियको छ । तर प्रहरिले भने अहिलेनै त्यस्तो कुनै घटनाको भयको हुन नक्ने कुनै प्रमाण फेला नपरेको भनदै अनुसन्धान जारिहेको बतायको छ । आज मात्र स्थानिय तथा अस्थीर पञ्जरहरुको प्रत्यक्ष दर्शि केहिसंग अनुसन्धानका लागि जिल्ला प्रहरि कार्यालयमा लिइ सोध पुधपुजभयको प्रहरि प्रमुख डिएसपि इश्वर कार्किले बताउनु भएको छ ।


फुर्सिदेबि सुनार कि बुहारि सहित फुर्सिदेबि बाहेक सबै इन्डीयामा बस्दै आयका छन् उनिहरु एक बर्ष पहिला भारतमा गइ पुर्न एक महिना पहिला घर र्फकिइ पुर्न भारत गइ सेकेका छन् । फर्सिको बुहारिको कोठामा अस्थीर पत्तज फेला परेको छ । बुहारिको कोठामा सासु फुर्सिले नहेरेको र बुहारिले ताल्चाचाफिगायर कशैलाइ पनि जानदिने गरेको बुझियको छ । प्रहरिको रोहबरमा आज उहाकि बुहारि भारतमा गयपछि कोठाखोलि अस्थीरपञ्ज हेरियको छ । प्रहरिले अस्थीरपञ्जरलाइ ल्यापको लागि पठाउने तयारि गरेका प्रहरि प्रमुख कार्किले बताउनु भयो ।


 


 


 

अन्य समाचारहरु