राप्ती खबर (डायरी)

 सि.टि.पोख्रेल, प्युठान ।।


दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३


२०६८ सालको जनगणना अनुसार दाङ जिल्लाको जनसंख्या साढे ५ लाख भन्दा बढि रहेको एक तथ्याङकले देखाएको छ । जिल्ला तथ्याङक कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि २०६८ सालको कुल जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ रहेको जानकारि दिएको हो ।


जसमध्य २ लाख ६१ हजार ५९ जना पुरुष र २ लाख ९१ हजार ५ सय २४ जना महीला रहेका छन् । यसरी महिलाको जनसंख्या पुरुष भन्दा ३० हजार ४ सय ६५ ले बढी देखिएको छ । दाङका निमित्त स्थानीय बिकास अधिकारी विष्णुप्रसाद ढुङगानाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको प्रमुख आतिथ्य र जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा जिल्ला तथ्याङक अधीकृत लक्ष्मण कडेँलले जिल्लाको जनगणनाको बारेमा जानकारी गराउनुभएको हो ।


तथ्याङक अनुसार जातीगत आधारमा सबै भन्दा बढि थारु जातीको जनसंख्या बढि रहेको छ । जिल्लामा थारुको १ लाख ६३ हजार १ सय १६, क्षेत्रिको १ लाख ३७ हजार ६ सय ७२, मगरको १ लाख ३७ हजार ६ सय ७२ रहेको उहाँले जानकारी दिनुभयो । यस्तै दाङमा ७ हजार ५ सय ९६ जनाले बहुबिबाह गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।


जिल्लामा १० देखि १४ बर्ष उमेर समुहको जनसंख्या सबैभन्दा बढि पुरुषको ३९ हजार ४९ र महिलाको ३८ हजार ३ सय ८७ रहको तथ्याङक अधिकृत कडेँलले जानकारि दिनुभयो । त्यस्तै दाङको साक्षरता प्रतिशत ७०.३२ रहेको छ । दाङ १० बर्षको अन्तरालमा ९० हजार २ सय ३ जनाका दरले जनसंख्या बढेको देखिएको छ ।


कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जनसंख्याको तथ्याङक संकलनले राज्यलाई निति बनाउन सहज हुने बताउनुभयो । साथै उहाँले यस्ता तथ्याङक संकलनले राज्यले प्रदान गर्ने सेवा सुबिधा र बिकास निर्माणका योजनाहरु तर्जुमा गर्दा उक्त आँकडाको भुमिका उल्लेखनिय हुने बताउनुभयो ।


हावाहुरीले  ३ सय क्वीन्टल स्याउ झरेर नष्ट

 

लगातार ४ दिनको वर्षासँगै आएको हावाहुरीले पश्चिम रोल्पाको जिनाबाङमा फलफूल तथा बिउ उत्पादन ठूलो क्षति पुर्याएको छ । गाबिसको सबै स्थानमा गरी ३ सय क्वीन्टल स्याउ झरेर पूर्ण रुपमा नष्ट भएको छ । भने स्याउका करिब एक सयवटा बोट ढलेको जिनवाङ ४ स्थित श्रमजीबि कृषि उद्यमी समूहका सचिब रामबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिकेजि एक हजार रुपैँयामा बिउ बिक्री हुने न्यु ब्रोडा नमक गाजर १० क्वीन्टर बराबरको क्षति भएको छ । त्यस्तैबिउ उत्पादनको लागि खेत गरिएको मारफा रायो २५ प्रपितशत, टोकोनासी मूला ४० प्रतिशत क्षति गरेको छ । २ दशक अघिदेखि गाबिसमा यी खेति गरिँदै आएको र खेतीबाट प्रति घरले बार्षिक २ लाखसम्म  आम्दानी गर्दै आएको सचिब खत्रीले बताउनुभयो ।


यस बर्ष प्रतिब्यक्ति कम्तीमा ४० हजारको दरले घाटा लागेको छ । त्यस्तै लगातारको बर्षाका कारण गाबिसको वडा नं ५ झ्याममा ३ वटा घर भत्किएका छन् । तर मानबीय क्षेति भने भएको छैन । गल्ला र बिषादी राखिएको घर भत्किएको बताईएको छ ।


 
महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनु पर्ने


सल्यानको खलंगामा आयोजित एक  कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरुलाई आर्थिक
रुपमा सबल बनाउनु पर्नेमा जोड दिएका छन् । शारदा मिडिया संगम सल्यानले आयोजना गरेको एक महिलाहरुको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिलाहरुमा पैत्रिक सम्पत्तिमा अधिकार नहुँदा अपमानित हुनु परेकाले आर्थिकरुपमा उनीहरुलाई सबल बनाउनु परेको उनीहरुको भनाइ छ ।


कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले पितृसत्तात्मक सोचका कारण महिलाहरु पिछडिएको बताउनुभयो । स्थानीय विकास अधिकारी मनिकुमार ज्ञवालीले सुन्दर र समृद्ध समाजको परिकल्पना गर्न महिला सशक्तिकरण अनिवार्य भएको बताउनुभयो ।

 

दाङ्गमा शव फेला

 

दाङको बबै नदीमा एक जनाको शव फेला परेको छ । बबै नदीले आज एक पुरुषलाइ बगाएर दाङ्गको सितलपुर पुल नजिक किनारमा फालेको स्थानिय बासीले जनाएका छन् ।

 

अन्दाजी ५० बर्षका पुरुषको नाम र ठेगाना भने पत्ता लागिसकेको छैन ।

 

प्रहरी र स्थानियबासीको सहयोगमा शव नदिबाट बाहिर निकालिएको हो । बबै नदिमा पानीको सतह पनि बढेको छ ।

उता प्युठानको छिमेकि जिल्ला अर्घाखॉचीको चिदिकामा रहेको खेदुवा खोलाले गाई हेर्न गएका एक गोठालोलाई बगाएको छ । चिदिका १ आँपचौरका यमबहादुर विकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेले जानाकारी दिनुभयो । गोरु खोलामा पसेपछि फर्काउन खोज्दा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ । शवको खोजी कार्य भएको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीको भनाइ रहेको छ ।

अविरल वर्षाको कारण सल्यानमा एक दर्जन घर भत्किए

 

अविरल वर्षाको कारण सल्यानमा एक दर्जन घर भत्किएका छन् । तीनदिन लगातार आएको वर्षाले कुपिन्डेदह गाविस १ थारामा रहेको कुपिन्डेश्वरी प्राथमिक विद्यालयको भवन भत्किएको छ । आरआरएन सल्यानको अनुदानमा निर्माणाधिन भवन पूर्ण रुपमा भत्किएको छ ।

 

यस्तै धनवाङ गाविस वडा न ७ आरुगैराका झक्कु प्रसाद पुनको तीनतले घर, धनवाङ ७  किमिरेचौरका देव बहादुर शाहीको चारतले भवन, गर्पा गाविस ३ सिन्वाङका रणसिहं घर्तीको घर, कोटमौला गाविसको २ मा रुपलाल खत्रीको बनाउँदै घर भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मौसममा सुधार नआएका कारण क्षतिको विवरण आउन अझै बाँकी रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

च्याउको तरकारी खाँदा ३ जना बिरामी

दाङमा आज बिषालु च्याउको तरकारी खाँदा ३ जना बिरामी भएका छन् ।


देउखुरीको गोबडिहा गाबिस ८ निबासी १२ बर्षिय सुदिप अधिकारी, ८ बर्षिया शिला अधिकारी र ६ बर्षिय सिमस अधिकारी बिषालु च्याउको तरकारी खादा बिरामी पर्नुभएको हो ।


बेहोस रहेका तीनै जनाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


मग्मामा सिंचाई मर्मत भएछ त


रुकुम मग्मा गाविसको वडानम्बर १ र २ मा रहेको दहखोला सिंचाई नहरको मर्मत गरिएको छ । २५ वर्ष अघि निर्माण गरिएको नहर जिर्ण बनेपछि रुकुमेली समाज विकास केन्द्र रुकुमको आर्थिक सहयोगमा नहर मर्मत गरिएको हो ।


संस्थाको १ लाख १८ हजार र ३० हजार बराबरको जनश्रमदान गरी ९४ मिटर नहर मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर कुसारीले जानकारी दिनुभयो ।दुई वटा वडामा गरी करिब २ सय घरधुरी प्रयोग गर्ने सिंचाई मर्मत गरेपछि धान रोपाईको काममा सहज हुने बताइएको छ ।


 

हुम्लामा फिस्टेल एअरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

 

बाढी पीडितका लागि आएको फिस्टेल एअरको हेलिकप्टर हुम्लामा दुर्घटनामा परेको छ । हुम्लाको मुचु गाविसमा हेलिकप्टर दुर्घटनामा परेको मुगु प्रहरीले जनाएको छ । हिल्साबाट सिमकोटका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको र मानव बस्ती नभएको ठाउँमा दुर्घटना भएकोले उद्धारका लागि समस्या हुनुका साथै यकिन विवरण पनि आउन सकेको छैन ।
 
 दिउँसो ४ बजेर २५ मिनेटमा हेलिकप्टर दुर्घटना भएको हो । कर्णाली वारीबाट हेलिकप्टर खसेको देख्ने प्रत्यक्ष दर्शी सिटार लामाका अनुसार हेलिकप्टर दुई टुक्रा भएको छ । खराब मौसमले गर्दा दुर्घटना भएको अनुमान गरिएको छ । यसैबीचकाठमाडौमा रहेको फिस्टेल एअरको कार्यालयले पनि दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको  जानकारी दिएको छ ।
 

बाढी पीडित क्षेत्रमा तत्काल राहत र उद्धारका लागि सरकारको निर्देशन, मृतकका परिवारलाई ४० हजार दिइने


सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूको पीडित परिवारलाई ४० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज बिहान बसेको विपत व्यवस्थापन समितिको बैठकले राहत र उद्धारको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने निर्णय गरेको छ । बैठकबारे सन्चारकर्मीलाई जानकारी गराउनुहुँदै गृहमन्त्री माधवप्रसाद घिमिरेले अहिलेसम्म १८ जनाको मृत्यु भएको, २५ जना बेपत्ता भएको र ११ जिल्लामा बाढी पहिरोको प्रत्यक्ष असर देखिएको बताउनुभयो ।


गृहमन्त्री घिमिरले बाढी पहिरोबाट निजी तथा सार्वजनिक सम्पत्तिको व्यापक क्षति भएको घटनाप्रति सरकार अत्यन्तै संवेदनशील र गम्भीर रहेको बताउँदै राहतको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो । यसैगरी बैठकले १९ करोडको प्रधानमन्त्री राहत कोषलाई बढाएर ४० करोड रुपैयाँको र गृह मन्त्रालय अन्तर्गतको दैवी प्रकोप राहत कोषलाई &#

अन्य समाचारहरु