उत्तरी पाकिस्तानको नांगा पर्वत इलाकामा उग्रवादीहरुले हमला गरी एकजना नेपाली पर्वतारोही सहित एघारजनाको हत्या गरीदिएका छन्।
विश्वकै नवौं अग्लो नांगा पर्वतमा विदेशी पर्वतारोहण टोलीसंग गएका एकजना नेपाली पर्वतारोही सोना शेर्पा पनि मारिनेहरुमा रहेको अधिकारीहरुले जनाएका छन्।
मारिने अन्य विदेशीहरुमा चीन र युक्रेनका पर्वतारोहीहरु रहेको बताइएको छ।
सोना शेर्पासंगै गएका अन्य आठजना नेपाली शेर्पा पर्वतारोहीहरु चाहिं बाटो बनाउन हिमालतिर गएकाले बच्न सफल भएको काठमाण्डूस्थित सेभेन समिट ट्रेकिङ एजेन्सीका सन्चालक मिङमा शेर्पाले बताए।
उग्रवादीहरुको हमलामा मारिएका पैंतीस वर्षीय सोना शेर्पाले सर्वोच्च शिखर सगरमाथाको दुईपटक सफल आरोहण गरिसकेको पनि उनले बताए।
AGENCIES