अर्घाखाँची संपर्क समिती युएईको अबुधाबी क्षेत्रिय समितीको भेला हुने

– राजु खडका/ यु ए ई


आउदो महिनाको ५ तारिक का दिन अर्घाखाँची संपर्क समिती यु ए ई को अबुधाबी क्षेत्रिय समितीको भेला हुने भएको छ। अबुधाबी को मुस्फ्फा स्थित आई काड मा उक्त भेला हुने भएको हुँदा सम्पूर्ण अर्घाखाँची जिल्ला बाशी लाई उपस्थित हुन अनुरोध गरिएको छ्। पछील्लो केही समय यता तिब्र रुपमा आफ्नो क्षेत्रिय समिती हरु गठन गर्दै अर्घाखाँची संपर्क समिती यु ए ई ले समाजिक कार्य मा आफ्नो भूमिका निभाउदै आएको छ्।


क्षेत्रीय समिती का बर्तमान अध्यक्ष दिपक कुबर यु ए इ छाडी नेपाल फर्कने भएको हुँदा उहालाई सम्मान तथा पदपुर्तीका लागि भेला आयोजना गर्न लागेको क्षेत्रीय समितीका उपाध्यक्ष बिष्णु प्रशाद पन्थीले जानकारी दिनु भयो। सात समुन्द्र टाढा रहेर पनि केही समय निकालेर जिल्ला अनी जिल्ला बाशीका लागि केही गर्नु पर्छ भन्ने भावना ले यु ए ई को देश मा अर्घाखाँची संपर्क समिती गठन भएको थियो। ततपश्चात अर्घाखाँची जिल्ला बाशी को सहयोग, समर्थन अनी निस्स्वार्थ भावना को कारण यो समिती आँफै मा अर्थ अनी कर्तब्य बोकेको को संस्था को रुपमा चिनिएको छ्।


Join Hand Grow together भन्ने भावना को साथ सबैलाई दिन को ४ बजे उक्त स्थान मा उपस्थित हुन अनुरोध गर्दै अर्घाखाँची संपर्क समिती यु ए ई का अध्यक्ष राजु खडका ले सबैमा सहयोग को भावना को बिकास गर्नु आजको आवश्यकता भएको जानकारी दिनु भएको छ्।


थप जानकारी को लागि निम्न साथी हरुलाई सम्पर्क गर्न अनुरोध छ्। बिष्णु पन्थी ०५२-९६३०८७३ चन्द्र सारु ०५५-६७३२०९८, रविलाल खनाल ०५५- ९८४१२५८ दिपक कुवर ०५५-५९६८४३० दिनेश बस्नेत ०५२८५२१९५५ हिम बहादुर क्षेत्री ००५५९३६१८९६ कमल खड्का ०५५५८६५७०७ नारायण खनाल ०५५१३६८५९० र दिनेश बस्नेत ०५२-८५२१९५५.