डोल्पा । डोल्पाको पहाड गाउँ विकास समितिस्थित खाडीबनमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
जुम्लाबाट डोल्पातर्फ आउने क्रममा जुम्ला गर्जाङकोट गाविस वडा नम्बर ७ का देवीचन्द्र पाण्डेको बाटोमा हिंड्दै गर्दा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो ।
पाण्डे डोल्पाको धो गाविसका सचिव रहेको बताइएको छ । घटनामा अर्का एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेको जिल्ला अस्पतालमा उपचार भैरहेपनि डाक्टर नहुँदा उपचारमा समस्या भएको छ ।
RSS