– नविन पन्त
अस्ट्रेलिया – अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्य दूत दिपक धमलाले आफ्नो ओहोदाको प्रमाण पत्र लिएका छन ।
नेपाल सरकारले साउथ अस्ट्रेलियाको लागि अवैतानिक महावाणिज्यदूत धमलाले आज बुधवार एक कार्यक्रमका बीच ओहोदाको प्रमाणपत्र लिएका हुन ।
यसै बिच कार्यक्रममा महावाणिज्य दूतावासको पनि उदघाटन गरिएको छ । राजदूत रुद्र कुमार नेपाल र अस्ट्रेलियाका सिस्टाचार महापाल बेभरी स्मार्टले महावाणिज्य दूतावासको सयुत्त रुपमा उद्दघाटन गरेका थिए ।
महावाणिज्य दुताबासको स्थापना बाट साउथ अस्ट्रेलियामा रहेका नेपालीको समुदायलाई परि आउने काउन्सिलर सम्बन्धि विभन्न समस्यामा सहयोग मिल्ने र नेपाललाई यस क्षेत्रमा चिनाउन साथै साउथ अस्ट्रेलिया र नेपालको ब्यापारिक,पर्यटकीय साथै अरु सम्बन्धहरुको दयारालाई फराकिलो पार्दै लैजान ठुलो मदत पुग्ने उदघाटन सम्बोधन गर्दै अबैतानिक दुत धमालले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो भने कार्यक्रम उपनियोग प्रमुख लोक बहादुर थापाले संचालन गर्नु भएको थियो ।