नेपालि समाज युएइले आफ्ना क्षेत्रीय समितिहरुलाई बिस्तार र सकृय बनाउन यहि जुन-२८ तारिक सुक्रबार अबुधाबीमा अबुधाबीको क्षेत्रीय अधिबेसन आब्हान गरिएको छ ।
अधिबेसनको लागि केन्द्रिय समितिले चन्द्र सारु र भेषराज ढकाल लाइ प्रतिनिधि चयन गरे बमोजिम अधिबेसनको मिति तय गरिएको हो ।
अधिबेसनमा अबुधाबी क्षेत्रभित्र रहनुहुने सामाजिक संघ-सस्थाका प्रतिनिधि ज्युहरु र सम्पूर्ण नेपालि दाजुभाइ-दिदीबहिनीहरुलाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।
बिस्तृत जानकारीको लागि चन्द्र सारु ०५५-६७३२०९८ र भेषराज ढकाल ०५२-९४८९६१५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
त्यस्तै यता समाजको दुबइ क्षेत्रिय समितिले पनि आगामी जुलाई -०५ तारिक सुक्रबार बरदुबईमा दुबईको क्षेत्रीय अधिबेसन आब्हान गरेको हो ।
अधिबेसनको लागि केन्द्रिय समितिले भिम अधिकारी र गणेश न्यौपानेलाइ प्रतिनिधि चयन गरे बमोजिम अधिबेसनको मिति तय गरिएको हो ।
अधिबेसनमा दुबई क्षेत्रभित्र रहनुहुने सामाजिक संघ-सस्थाका प्रतिनिधि तथा सम्पूर्ण नेपालि दाजुभाइ-दिदीबहिनीहरुलाई उपस्थित भएर सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
क्षेत्रिय समिति गठन गर्नु परेको हुदा सम्बन्धित क्षेत्रभित्र रहनुहुने कुनै पनि सामाजिक संघ-सस्थाका केन्द्रिय प्रतिनिधिहरु वा सदस्यहरुले नेपाली समाज यूएईको क्षेत्रिय कार्य समितिका लागि उम्मेदवारी दिनुहुन नेपाली समाज युएइले अनुरोध समेत गरेको छ ।
उम्मेदवारीका वा बिस्तृत जानकारीको लागि भिम अधिकारी ०५०२५०७६१८(उपाध्यक्ष) र गणेश न्यौपानेलाइ ०५५-३१४९९५८ (कोषाध्यक्ष) दुबइमा सम्पर्क गर्न सकिने छ ।