सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट कैदी भगाउने मुख्य योजनाकार पक्राउ

सुनसरी – सुनसरीको  कारागारबाट कैदी भगाउने मुख्य योजनाकार धिरेन्द्र यादव पक्राउ परेका छन् ।
झुम्कास्थित क्षेत्रीय कारागार फरार काण्डका मुख्य योजनाकार यादव सुनसरीको भारतीय सीमावर्ती सुपौल जिल्लाको वीरपुरस्थित कटैयाबाट आइतबार बिहान पक्राउ परेका वीरपुरका डीएसपी मनोजकुमार रामले जानकारी दिए ।
सप्तरीका कृषि विकास अधिकृत विक्रम शाहको हत्या आरोपमा उनी जेलमा थिए । गत कात्तिक २३ गते कागाराबाट यादवसहित १२ कैदी फरार भएका थिए । तीमध्ये केही पक्राउ परिसकेका छन् ।
RSS

अन्य समाचारहरु