-गिता मणि पाण्डे युएई
गत शुक्रबार युएईको दुवईमा न्वारन गर्दै वच्चाको नाम दिव्यस ज्ञवाली राख्ने काम सम्पन्न भएको छ उक्त कार्य नेपालवाट भिडियो मार्फत गरिएको थियो ।
घर परिवारको सुखको लागि रोजगारिको सिलसिलामा युएईको दुवईमा आएका गुल्मि जिल्ला गोवादि जन्म भई रुपन्देहिको मडिग्राममा वस्दै आएका दिलिप ज्ञवाली र शारदा पराजुलि ज्ञवालीको कोख वाट युएईको दुवईमा छोराको जन्म भएको हो ।
हिन्दु धर्मको अनुसार ११ दिनका दिन नाम राख्नको लागि नेपाल वाट स्काइपमा भिडियोमा पन्डित हुत्तराज ले पुजा गराउदै न्वारन गराएको कुरा तेहा उपस्थित नाता पाता छिमेकि हरुले वताएका थिए । ईन्टरनेटको विकासले गर्दा जुन सुकै ठाउमा वसेर पनि शुभ कार्यहरु गर्न सकिने कुरा वताएका थिए भने उपस्थित सवै दङग पनि परदै उक्त कार्यले हामि सवैलाई सजिलो भएको जानकारि गराएका थिए ।